Trending
Prev Story
Next Story

रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

Nagarik News •
November 10, 2026 • 05:33 AM
1
1 reads 0 reactions

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् ।

रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

रुस, युक्रेन र अमेरिकाबीच मंगलबार र बुधबार अबुधाबीमा नयाँ चरणको त्रिपक्षीय वार्ता हुँदै छ । यसवर्ष जनवरी र फेब्रुअरीमा अमेरिकी मध्यस्थतामा भएका वार्ताबाट ठोस निष्कर्ष ननिस्किएपछि पुनः वार्ता हुन लागेको हो ।

अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहयोग र शान्तिका लागि आगामी कदमबारे छलफल हुनेछ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् ।

युक्रेनी प्रतिनिधिमण्डलका सदस्य तथा सांसद दाभिड अराखामियाले तत्काल ठूलो प्रगतिको अपेक्षा नरहेको बताएका छन् । लामो अन्तरालपछि त्रिपक्षीय वार्ता पुनः सुरु हुनु नै सकारात्मक उपलब्धि भएको उनको भनाइ छ ।

अमेरिकाबाट विशेष दूत विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर सहभागी हुनेछन् ।

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीको नेतृत्वमा उच्चस्तरीय सैन्य तथा गुप्तचर अधिकारीहरूको टोली पठाएको छ ।

युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व वैदेशिक गुप्तचर सेवाका प्रमुख रुस्तेम उमेरोभले गर्नेछन् । टोलीमा सांसद अराखामियासहित कूटनीतिक र सैन्य अधिकारीहरू पनि रहनेछन् ।

यसैबीच, अबुधाबीमा हुने रुस–युक्रेन वार्ताअघि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सोमबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनसँग साझा रणनीतिबारे छलफल गरेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत त्रिपक्षीय वार्ताबाट ठोस नतिजा आउने आशा व्यक्त गरेका छन् । भोन देर लेयनले पनि ईयू आफ्ना सहयोगीसँगै वार्तामा उपस्थित रहने पुष्टि गरेकी छन् ।

युरोपेली प्रतिनिधिहरूसँग छुट्टै ढाँचामा बैठक गर्ने तयारी रहेको बताइएको छ । यसमा जर्मन चान्सलर फ्रेडरिक मर्जका विदेश तथा सुरक्षा नीति सल्लाहकार गुन्टर साउटर, फ्रान्सका कूटनीतिक सल्लाहकार इमानुएल बोन्ने, बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीका कूटनीतिक सल्लाहकार फाब्रिजियो साग्जियो सहभागी हुनेछन् ।

त्यस्तै, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनका प्रमुख स्वकीय सचिव ब्योर्न साइबर्ट र नेटो महासचिव मार्क रुट्टेका प्रमुख स्वकीय सचिव जियोफ्री भान लिउवेन पनि उपस्थित हुनेछन् ।

तर, सम्भावित शान्ति सम्झौतासम्बन्धी वार्तामा युरोपेली प्रतिनिधिहरू औपचारिक रूपमा सहभागी हुने वा नहुने अझै स्पष्ट छैन । तर, वार्तामा उनीहरूको भूमिका स्पष्ट भइसकेको छैन ।

रुसले भने वार्ता युक्रेन, रुस र अमेरिकाबीच मात्र हुने जनाएको छ । विदेश नीति अनुसन्धान संस्था ‘युक्रेनी प्रिजम’ सुरक्षा अध्ययन निर्देशक हान्ना शेलेस्टले उनीहरूले बढीमा पर्यवेक्षकको भूमिका मात्र पाउने आकलन गरेकी छन् । रुसी प्रतिनिधिमण्डलले युरोपेली प्रतिनिधिहरूलाई वार्तामा बोल्न नदिने सम्भावना रहेको उनको भनाइ छ ।

यसअघि बर्लिन भ्रमणका क्रममा जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई ७० अर्ब युरो सहयोग दिने ईयूको प्रतिबद्धता दोहोर्‍याउँदै युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गम्भीर हुन आग्रह गरेका थिए ।

प्रकाशित: २४ कार्तिक २०८३ ११:१८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
22h ago
युद्ध रोक्ने सहमति भएन, कैदी साट्न भने रुस–युक्रेन तयार

युद्ध रोक्ने सहमति भएन, कैदी साट्न भने रुस–युक्रेन तयार

अबुधाबी । रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको वार्ताले तत्काल ठोस सफलता हासिल गर्न सकेन। तर दुवै देश कैदी आदानप्रदान गर्ने विषयमा सहमत भएका छन्। संयुक्त अरब इमिरेट्सको अबुधाबीमा अम...

#रुस #अबुधाबी #युक्रेन
Compare →
Bizshala
10h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस #युक्रेन
Compare →
Onlinekhabar
15h ago
पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । प्रचण्ड आज रुसको राजधानी मस्कोका लागि प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि …

#रुस
Compare →
Arthasansar
2d ago
इरानद्वारा अमेरिकासँगको वार्ता अस्वीकार: सर्त पूरा नभएसम्म होर्मुज नखुल्ने

इरानद्वारा अमेरिकासँगको वार्ता अस्वीकार: सर्त पूरा नभएसम्म होर्मुज नखुल्ने

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले तेहरानले वार्ताका लागि अमेरिकाअघि सारेका सातवटा सर्तको जवाफ पर्खिरहेको बताएका छन्। यसका साथै उनले वासिङ्टनसँग...

#सुरक्षा #अमेरिका
Compare →

Related Stories

World News
Build #2611