काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्मा परी बेपत्ता भएका २ हजार २ सय ९४ जना नेपाली र १७१ जना विदेशी नागरिकको विवरण सार्वजनिक गर्दै दाबी, थपघट वा संशोधनका लागि सात दिनको म्याद दिएको छ।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले 'विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३' बमोजिम शनिबार सार्वजनिक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो। प्राधिकरणका अनुसार देशका ३२ वटा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट हालसम्म २ हजार २ सय ९४ जना बेपत्ता व्यक्तिहरूको विवरण यकिन भई आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )