Trending
Prev Story
Next Story

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

Onlinekhabar •
November 06, 2026 • 08:31 AM
1
1 reads 0 reactions

२० कात्तिक, तेल अभिभ (रासस/एएनआई) । इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उहाँलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन …

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

२० कात्तिक, तेल अभिभ (रासस/एएनआई) । इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उहाँलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । इसेनकोटलाई यहुदी नेतृत्वको विपक्षी गठबन्धनका ४८, राम पार्टीका आठ र अरब नेतृत्वको संयुक्त सूचीका ११ सांसदको समर्थन प्राप्त भएको हो ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले सरकार गठनको बाटो अझै लामो भए पनि आफूहरू दृढ रहेको बताएका छन्। उनले देशलाई सुरक्षा र विवेकको बाटोमा फर्काउन राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने लक्ष्य रहेको उल्लेख गरे।

यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पक्षमा ५३ सिट रहे पनि परम्परागत सहयोगी युनाइटेड तोराह जुडाइज्मले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेपछि उनको समर्थन ४६ सिटमा सीमित भएको छ ।

जोइन्ट लिस्टले नेतान्याहु र उहाँको सरकारलाई पुनः सत्तामा आउनबाट रोक्ने सार्वजनिक मागअनुसार इसेनकोटलाई समर्थन गरेको जनाएको छ । यद्यपि, उक्त दलले विपक्षी गठबन्धनसँग नीतिगत मतभेद रहेकाले सरकारमा औपचारिक रूपमा सहभागी नहुने स्पष्ट पारेको छ ।

जोइन्ट लिस्टका अध्यक्ष युसेफ जाबरिनले नेतान्याहु र उनका काहानवादी साझेदारहरूको शासन निरन्तर हुन नदिन समर्थन गरिएको बताएका छन्।

बहुमत समर्थन प्राप्त भए पनि राष्ट्रपति हर्जोगले सरकार गठनको औपचारिक जिम्मेवारी दिनुअघि राजनीतिक दलहरूसँग थप परामर्श गर्ने बताएका छन्। उनले आइतबार इसेनकोटलाई सरकार गठनको जनादेश दिने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
इजरायली अरब पार्टीहरूको रोजाइमा नेतन्याहूभन्दा आइजेनकोट

इजरायली अरब पार्टीहरूको रोजाइमा नेतन्याहूभन्दा आइजेनकोट

काठमाडाैँ। इजरायलमा नयाँ सरकार गठनको अभ्यासकाबिच अरब राजनीतिक दलहरूले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई समर्थन गर्ने निर्णय गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगले पनि उहाँलाई सरकार गठनका लागि आमन...

#गठन #इजरायल
Compare →
Ekantipur
3h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#सांसद
Compare →
Nagarik News
1d ago
रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

#सांसद
Compare →
Bizshala
3d ago
इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

काठमाण्डौ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथविरुद्ध...

#सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2611