Trending
Prev Story
Next Story

अपि पावरले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने, बुक क्लोज कहिले ?

Arthasansar •
November 06, 2026 • 07:04 AM
1
1 reads 0 reactions

अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको २३ औँ वार्षिक साधारणसभा आगामी मंसिर १८ गतेका लागि बोलाएको...

अपि पावरले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने, बुक क्लोज कहिले ?

अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको २३ औँ वार्षिक साधारणसभा आगामी मंसिर १८ गतेका लागि बोलाएको हो ।

सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने छ । सभा कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन रद्द गर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने, सञ्चालक समितिमा रिक्त सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ८ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
14h ago
अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले यसअघि निर्णय भएको ३० प्रतिशत हकप्रद सेयर निष्कासन रद्द गर्ने र ५ प्रतिशत बोनस सेयर...

#साधारणसभा #अपि #पावर
Compare →
Hamro Patro News
6d ago
हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं- हिमालयन क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार (२०८३ कात्तिक २० गते) काठमाडौंको कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सभा सम्पन्न भएको हो । सभाले आर्थिक...

#वार्षिक #सभा #लाभांश
Compare →
Onlinekhabar
5d ago
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई …

#साधारणसभा #लाभांश
Compare →
Ekantipur
5d ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#सभा #लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2611