Trending
Prev Story
Next Story

विकासशील देशको बाह्य ऋण ९.४ ट्रिलियन डलर पुग्यो, ऋण तिर्नै १.४ ट्रिलियन खर्च

Arthasansar •
November 06, 2026 • 07:05 AM
1
1 reads 0 reactions

विकासशील देशहरूको बाह्य ऋण सन् २०२५ मा बढेर अहिलेसम्मकै उच्च ९.४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । विश्व बैङ्कका अनुसार...

विकासशील देशको बाह्य ऋण ९.४ ट्रिलियन डलर पुग्यो, ऋण तिर्नै १.४ ट्रिलियन खर्च

विकासशील देशहरूको बाह्य ऋण सन् २०२५ मा बढेर अहिलेसम्मकै उच्च ९.४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । विश्व बैङ्कका अनुसार यो ऋण महामारीपछि कै सबैभन्दा तीव्र गतिमा बढेको हो । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको वार्षिक अन्तर्राष्ट्रिय कर्जा प्रतिवेदनअनुसार ऋण वृद्धिमा निजी क्षेत्रको योगदान प्रमुख छ । निजी ऋणदाताबाट लिइएको ऋण तथा सार्वजनिक उद्यमहरूले जारी गरेका ऋणपत्रमा करिब ३५ प्रतिशतले वृद्धि भएको छ ।

विशेषगरी विश्व बैङ्कले सबैभन्दा कमजोर भनेर वर्गीकरण गरेका विकासशील देशहरूमा बाह्य ऋणको वृद्धि उच्च देखिएको छ । अन्तर्राष्ट्रिय वित्तीय स्रोतमा पहुँच बढे पनि ऋणको लागत भने घट्न नसकेको प्रतिवेदनले औँल्याएको छ । विश्व बैङ्क समूहकी प्रमुख तथ्याङ्कविद् हाइशान फुका अनुसार कम तथा मध्यम आय भएका देशहरूमा निजी ऋणको प्रवाह पुनः बढ्नु सकारात्मक भए पनि त्यसको लागत उच्च छ । यी देशहरूले बढी ऋण लिइरहेका छन् र बढी ब्याज तिर्नुपरिरहेको छ । त्यसले गर्दा दीर्घकालीन विकास तथा जनताका लागि आवश्यक क्षेत्रमा लगानी गर्न उपलब्ध हुने रकम घटिरहेको उनले बताएकी छन् । प्रतिवेदनअनुसार धेरै सरकारले परिपक्व हुँदै गएको पुरानो ऋण तिर्न नयाँ ऋणपत्र जारी गरिरहेका छन् । तर, यसले ऋणको वास्तविक भार घटाउनुको सट्टा उच्च ब्याजदरमा भुक्तानीको दायित्व पछाडि सार्ने काम गरेको छ ।

विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता बहुपक्षीय वित्तीय संस्थाको तुलनामा निजी ऋणदाताबाट लिइने ऋण महँगो छ । विश्व बैङ्कको तथ्याङ्कअनुसार गरिब देशहरूले निजी क्षेत्रबाट लिएको नयाँ ऋण तथा जारी गरेका ऋणपत्रमा औसत ८.२ प्रतिशत ब्याज तिरेका छन् । यो सन् १९८९ यताकै उच्च दर हो । उच्च ब्याजदरका कारण ऋणको साँवा र ब्याज भुक्तानीमा पनि दबाब बढेको छ । कम तथा मध्यम आय भएका देशहरूले सन् २०२५ मा ऋणको साँवा र ब्याज भुक्तानीमा मात्रै १।४ ट्रिलियन डलर खर्च गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशत बढी हो । ऋण भुक्तानी लगातार पाँचौँ वर्ष बढेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सन् २०२२ देखि २०२५ सम्म विकासशील देशहरूले नयाँ वित्तपोषणबाट प्राप्त गरेको रकमभन्दा ४३६ अर्ब डलर बढी ऋण सेवामा खर्च गरेका छन् । यसले नयाँ विकास आयोजना, पूर्वाधार तथा सामाजिक क्षेत्रमा लगानी गर्न सकिने स्रोत ऋण भुक्तानीमै खर्च भइरहेको देखाउँछ । विश्व अर्थतन्त्र विभिन्न बाह्य धक्काप्रति थप संवेदनशील बन्दै गएको पनि विश्व बैङ्कले चेतावनी दिएको छ । कोभिड महामारी, युक्रेन र इरानमा भएका युद्धबाट सिर्जित मुद्रास्फीति तथा अमेरिकी भन्सार शुल्कका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित भइरहेका बेला उच्च ऋणको भारले विकासशील देशहरूको आर्थिक संकट सामना गर्ने क्षमता कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
चुनावपछि अमेरिकी सेयर बजारमा ३ ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी

चुनावपछि अमेरिकी सेयर बजारमा ३ ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन ३ ट्रिलियन डलर बराबरको बजार मूल्य गुमेको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्र...

#ट्रिलियन #डलर
Compare →
Nagarik News
5d ago
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

#ट्रिलियन #डलर
Compare →
Bizshala
17h ago
डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिना अपेक्षाभन्दा बढी ब्याजदर वृद्धि गर्न सक्ने सम्भावना...

#डलर
Compare →
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#डलर
Compare →

Related Stories

Business & Economy
Build #2612