Trending
Prev Story
Next Story

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

Onlinekhabar •
November 06, 2026 • 04:30 AM
1
1 reads 0 reactions

२० कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. …

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

२० कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् ।

कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।

नगरपालिकाका अनुसार वडा नं. १ का ७३, वडा नं. ७ का ४९ र वडा नं. ९ का १३९ परिवारले लालपुर्जा पाएका छन् ।

लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा पाएपछि खुसी भएका छन् ।

लालपुर्जा प्राप्त गर्ने ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा भए पनि आफ्नो जग्गाको स्वामित्व प्रमाणित हुने कागजात पाउँदा खुसी लागेको बताइन् । लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाउने आशा पूरा भएको उल्लेख गर्दै उनले भनिन्, ‘वर्षौंदेखि यही जग्गामा बस्दै र भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा थिएन । अहिले बुढेसकालमा भए पनि लालपुर्जा पाउँदा निकै खुसी लागेको छ । अब आफ्नो जग्गा आफ्नै भएको प्रमाण हात परेको छ ।’

वडा नं. ९ का स्थानीय छेदी अहिरले पाँच पुस्तादेखि भोगचलन हुँदै आएको जग्गाको लालपुर्जा अहिले आएर प्राप्त भएको बताए । पुर्जा नहुँदा जग्गाको स्वामित्वसम्बन्धी समस्या र अन्योल रहँदै आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रा पुर्खाले भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाउन पाँच पुस्ता कुर्नुपर्‍यो । अहिले आफ्नो नाममा लालपुर्जा पाउँदा परिवारमा खुसी छाएको छ ।’

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको कानुनी स्वामित्व सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा सहज हुने उनको भनाइ छ ।

‘नगरपालिकाभित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइनेछ’, नगर प्रमुख शाहले भने । बाँकी जग्गाको दर्ता प्रक्रिया सम्बन्धित निकायसँग समन्वय गरी छिटो सम्पन्न गर्न पहल गरिने उनले जानकारी दिए ।

नगर प्रमुख शाहले कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरणका लागि पनि प्रक्रिया अघि बढाइने बताए । त्यसका लागि अध्यादेश आइसकेको र आयोग गठन भएपछि लालपुर्जा वितरणको काम अगाडि बढाइने उनको भनाइ छ ।

नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा गरी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिए । २०७० सालमा नापी गरिएको जग्गाको प्रमाणपुर्जा वितरण गर्न सफल भएको उल्लेख गर्दै उनले पुर्जामा जग्गाधनीको नाम, कित्ता नम्बर, क्षेत्रफललगायत विवरण ध्यानपूर्वक जाँच गर्न आग्रह गरे ।

प्रमाणपुर्जामा कुनै विवरण त्रुटिपूर्ण भए सम्बन्धित कार्यालयमा सम्पर्क गरी सच्याउन सकिने उनले बताए ।

कार्यक्रममा नगर उपप्रमुख आरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, वडा नं. ९ का वडाध्यक्ष शतिस हरिजन, नापी टोलीका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा जग्गाधनीको सहभागिता थियो ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
झापामा भूमिहीनलाई लालपुर्जा वितरण तीव्र, पहिलो चरणमै २,३३९ परिवारले जग्गा पाउने

झापामा भूमिहीनलाई लालपुर्जा वितरण तीव्र, पहिलो चरणमै २,३३९ परिवारले जग्गा पाउने

काठमाडौँ- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको झापा भ्रमणपछि जिल्लामा भूमिहीनलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरणको कामले गति लिएको छ।

#लालपुर्जा #परिवारले
Compare →
Ekantipur
20h ago
कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

#नगरपालिका #कपिलवस्तु
Compare →
Nagarik News
1d ago
नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

कपिलवस्तुमा दिपावली तिहारमा निकालिएका ३ सय ७ लक्ष्मीको मुर्ति बिर्सजन गरिएको छ । यस्तै शान्ति सुरक्षामा अत्यन्तै संबेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा समेत सुरक्षा घेरामा लक्ष्मीको मूर्ति बिसर्जन गरिएको छ।

#कृष्णनगर #कपिलवस्तु
Compare →

Related Stories

Sports
Build #2612