Trending
Prev Story
Next Story

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने

Onlinekhabar •
November 06, 2026 • 01:30 AM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । तीन …

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीन खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा विराटनगर र तेस्रो खेलमा जनकपुरलाई हराउँदै दुई खेल जितेको थियो ।

सुदूरपश्चिम भने अंक तालिकाको छैटौं स्थानमा छ । चार खेल खेलेको उसले २ मा जित र २ मा हार बेहोरेको छ । सुदूरपश्चिमले पहिलो खेलमा चितवनलाई हराउँदै पहिलो जित निकालेको थियो भने दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो । यसैगरी तेस्रो खेलमा पोखरालाई हराएको सुदूरपश्चिम आफ्रनो चौथो खेलमा लुम्बिनीसँग पराजित भएको थियो ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच आमने-सामने हुनेछन् ।

तीन खेलमध्ये एकमा जित, एकमा हार र वर्षाका कारण एक खेल रद्द हुँदा बराबरी अंक बाडेर चितवन अंक तालिकाको सातौं स्थानमा छ । चितवन आफ्नो पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो भने लुम्बिनीसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तस्रो खेलमा भने उसले विराटनगरविरुद्ध पहिलो जित निकालेको थियो ।

पोखरा भने अंक तालिकाको पुछारमा छ । तीन खेलमा तीनै खेल हारेको पोखरा आजको खेलमा पहिलो जित निकाल्ने दाउमा छ । पोखरा पहिलो खेलमा लुम्बिनी, दोस्रो खेलमा जनकपुर र तेस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Arthasansar
11h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
11h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
11h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

National (Nepal)
Build #2611