Trending
Prev Story
Next Story

एनपीएल: दोस्रो स्थानको छलाङमा काठमान्डु गाेर्खाजकाे खुसी

Ekantipur •
November 05, 2026 • 03:32 PM
1
1 reads 0 reactions

विराटनगर किंग्समाथि प्राप्त ९ विकेटको एकोहोरो जितपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको दोस्रो स्थानमा उक्लेको छ ।

एनपीएल: दोस्रो स्थानको छलाङमा काठमान्डु गाेर्खाजकाे खुसी

विराटनगर किंग्समाथि प्राप्त ९ विकेटको एकोहोरो जितपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको दोस्रो स्थानमा उक्लेको छ ।

काठमाडौँ — विराटनगर किंग्समाथि प्राप्त ९ विकेटको एकोहोरो जितपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको दोस्रो स्थानमा उक्लेको छ ।

यसमा काठमान्डुका कप्तान करण केसीले प्रशन्नता देखाएका छन् । यो जितले काठमान्डुको प्लेअफ प्रवेशको समीकरण बलियो भएको छ ।

खेलपछि काठमान्डुका कप्तान करणले भने, ‘यो ठूलो जित रह्यो । सबथोक हाम्रो योजना अनुसार रह्यो । बलिङ, फिल्डिङ र ब्याटिङ सबै राम्रो रह्यो ।’

उनले आफ्ना युवा बलर सन्तोष यादवको प्रशंसा गर्दै थपे, ‘उनी उत्कृष्ट बलर हुन् र उनीबाट धेरै आश गर्न सकिन्छ । ’ खेलका ‘प्लेयर अफ द म्याच’ सन्तोष नै भए । उनले ११ रनमा तीन विकेट लिए ।

सन्तोषले आफ्नो प्रदर्शनलाई लिएर भने, ‘आज म धेरै खुसी छु । म चोटबाट मुक्त भएर खेलमा फर्केको छु र यही खेलमा यो अवार्ड जित्न सकें ।’

हारपछि विराटनगरका कप्तान सन्दीप लामिछानेले हारका लागि कमजोर ब्याटिङलाई दोष दिए । उनले भने, ‘हामीले ठूलो स्कोर खडा गर्न सकेनौं । आजको खेल एकपक्षीय जस्तो रह्यो ।  हाम्रो लागि खराब दिन जस्तै रह्यो । अब हाम्रो ध्यान अन्तिम दुई खेलमा हुनेछ र त्यसमा राम्रो गर्नुपर्नेछ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको ...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Arthasansar
11h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Onlinekhabar
12h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612