तिहार नजिकिएसँगै धनकुटाका किसानलाई माग धान्न मुस्किल परेको छ । स्थानिय बजारदेखि काठमाडौँसम्म फूलको माग बढेपछि किसानलाई सयपत्री फूलको माग धान्न मुस्किल परेको हो ।
धनकुटाको छरजोरपाटी गाउँपालिका–६, स्थित नामजाङका खगेन्द्र पौडेलले व्यावसायिक फूल खेती गर्नुभएको छ । उहाँले १० रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूल करिब १० टन उत्पादन हुने अनुमान रहेको बताउँनुभयो । ३५० देखी चार सय रुपियाँ प्रतिकेजीका दरले बिक्री गर्ने बताउँनु भयो । फूल बिक्रीबाट ३५ लाखभन्दा बढी आम्दानी हुँने अनुमान रहेको उहाँको भनाइ छ । आफूले उत्पादन गरेको फूलभन्दा पनि माग बढी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो स्थानीय बजारदेखी, बिर्तामोड, झापा, धरान, ईटहरी, विराटनगर, बुटवल र काठमाडौंसम्म बिक्री हुने गरेको छ ।
Read full story at source ( gorkhapatraonline.com )