Trending
Prev Story
Next Story

किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल

Nagarik News •
November 08, 2026 • 04:06 PM
1
1 reads 0 reactions

महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ।

किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल

तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्‍याउन र बिक्री गर्न व्यस्त छन्।

महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ।

भक्तपुरको ताथलीकी कल्पना बनमालाले पुख्र्यौली पेसाका रूपमा मखमली फूलखेती गर्दै आएकी छन्। उनले यस वर्ष एक रोपनी जग्गामा मखमली फूलखेती गरेकी छन्। तिहारमा फूलखेती गर्ने, टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने काम निकै झन्झटिलो हुने उनी बताउँछिन्।

फूल बिक्रीका लागि केही व्यापारी घरमै लिन आउने गरे पनि उचित मूल्य नदिने गरेको बनमालाको गुनासो छ। त्यसैले सम्भव भएसम्म घरमै आउने व्यापारीलाई फूल बिक्री गर्ने र बाँकी आफैँ बजारमा लगेर बेच्ने गरेको उनले बताइन्।

‘लक्ष्मीपूजाको अघिल्लो दिनदेखि भाइटीकासम्म हामी काठमाडौँका विभिन्न ठाउँमा माला लिएर जान्छौँ,’ उनले भनिन्, ‘कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोक र कालीमाटीलगायतका स्थानमा वर्षेनी फूल बेच्न जान्छौँ।’

यस वर्ष अत्यधिक वर्षा भएका कारण फूल उत्पादनमा कमी आएको बनमालाले बताइन्। सामान्य अवस्थामा एक रोपनीमा करिब चार हजार मखमली फूलका माला उत्पादन हुने गरेकामा यस वर्ष जम्मा दुई हजार पाँच सय माला मात्रै उत्पादन भएको उनको भनाइ छ। उत्पादन घटेकै कारण यस वर्ष फूलको मूल्य बढेको उनले बताइन्। बनमालाका अनुसार अहिले मखमली फूलको एउटा मालाको थोक मूल्य रु ४० रहेको छ।

ताथलीकै अर्का फूल किसान शिवकेशरी बनमालाले यस वर्ष तीन रोपनीमा मखमली र सात रोपनी भाडाको जग्गामा सयपत्री फूलखेती गरेका छन्। विगतमा मखमली फूलखेतीबाट अपेक्षित नाफा नभएपछि सयपत्री फूलको बढ्दो मागलाई ध्यानमा राखेर पहिलोपटक व्यावसायिक रूपमा सयपत्री खेती सुरु गरेको उनले बताए।

सयपत्री फूल प्रतिकिलो रु पाँच सयमा बिक्री भइरहेको जानकारी दिँदै बनमालाले यस वर्षको खेतीबाट मनग्य आम्दानी भए अर्को वर्ष पनि खेती विस्तार गर्ने योजना रहेको सुनाए। मखमली फूल भदौ महिनादेखि टिप्न सुरु गर्ने र त्यही समयदेखि माला उन्ने काम पनि थाल्ने उनले बताए।

फूलखेती गर्न उत्तिकै गाह्रो फूलखेती गर्ने किसानका लागि बजार व्यवस्थापन मात्रै चुनौती होइन। धानखेतीमा भन्दा पनि बढी स्याहार र मेहनत गर्नुपर्ने किसानहरू बताउँछन्। बिरुवा रोपेदेखि फूल फुल्ने बेलासम्म विभिन्न रोग तथा किराको प्रकोपबाट जोगाउनुपर्ने भएकाले विषादी र अन्य कृषि सामग्रीमा समेत लगानी गर्नुपर्ने उनीहरूको भनाइ छ।

फूलको राम्रो रङ र गुणस्तर कायम राख्न पटकपटक औषधि छर्कनुपर्ने तथा फूल टिपिसकेपछि बिरुवामा मल र पोषण थप्नुपर्ने भएकाले पछिल्लो समय फूलखेती झन् कठिन बन्दै गएको किसान शिवलक्ष्मी बताउँछिन्। उत्पादनका लागि गर्नुपर्ने मेहनत, बढ्दो लागत र बजारमा उचित मूल्य नपाउने समस्याले फूल किसानको दुःख कम नभएको उनीहरूको अनुभव छ।

फूलका लागि भक्तपुरका ताथली र गुण्डू प्रख्यात छन्। यी दुई वडामा धेरै फूलखेती हुने गर्दछ। ताथली चाँगुनारायण नगरपालिका-९ मा पर्दछ भने गुण्डू सूर्यविनायक नगरपालिका-७ मा पर्छ। प्रत्येक वर्ष यहाँका सयौँ किसानले तिहार लक्षित फूलखेती गर्दै आएका छन्। रासस

प्रकाशित: २२ कार्तिक २०८३ २१:५१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#फूल #उत्पादन
Compare →
Hamro Patro News
3d ago
तिहारमा लुम्बिनीका किसानको फूलले बजार पायो, साढे सात करोडभन्दा बढीको कारोबार हुने अनुमान

तिहारमा लुम्बिनीका किसानको फूलले बजार पायो, साढे सात करोडभन्दा बढीको कारोबार हुने अनुमान

रुपन्देही । तिहार र छठ पर्वलाई लक्षित गरी लुम्बिनी प्रदेशमा यस वर्ष व्यावसायिक फूलखेती विस्तार भएको छ । प्रदेशका १२ वटै जिल्लामा गरी ५९ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । यसबाट २७९ मेट्रिक टन फू...

#उत्पादन #किसान #फूल
Compare →
Ekantipur
4d ago
डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस

डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस

तिहारमा सयपत्री फूलको माग बढे पनि ढुवानी, बजार व्यवस्थापन र प्राविधिक ज्ञानको अभावमा डडेलधुराका किसानले उत्पादनअनुसार आम्दानी लिन सकेका छैनन् ।

#फूल #किसान
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#माला
Compare →

Related Stories

Business & Economy
Build #2611