लुम्बिनी लायन्सका प्रशिक्षक तिनु योहान्नानले आफ्नो टिममा रहेको एकजुता र मजबुत प्रदर्शन गर्ने लक्ष्य नै अहिलेसम्म टिमले गरेको प्रदर्शनको विशेषता रहेको बताएका छन् ।
काठमाडौँ — लुम्बिनी लायन्सका प्रशिक्षक तिनु योहान्नानले आफ्नो टिममा रहेको एकजुता र मजबुत प्रदर्शन गर्ने लक्ष्य नै अहिलेसम्म टिमले गरेको प्रदर्शनको विशेषता रहेको बताएका छन् । डिफेन्डिङ च्याम्पियन लुम्बिनी सात अंकमा शीर्ष स्थानमा रहेको छ ।
लुम्बिनीले बिहीबारको खेलमा जनकपुर बोल्ट्सलाई हराएको हो । अहिलेसम्म अपराजित लुम्बिनी प्ले अफको नजिक पनि पुगेको छ । प्रशिक्षक योहानाले भने, ‘टिम लगातार कठिन स्थितिमा रहेको हो । तर प्रत्येक पल्ट खेलाडीले राम्रो खेले र स्थिति अनुसार प्रदर्शन गरे । हाम्रो टिमको अहिलेसम्मको प्रदर्शनमा यही प्रमुख मात्र कारण हो ।’
उनले थपे, ‘उनले अहिले टिम लयमा रहेको छ र यसले टिमभित्र खुसी ल्याएको छ । पोहोर सिजन हाम्रो सुरुआत राम्रो रहेन् । त्यसपछि हामी प्रतियोगिता फर्केका हौं । यही क्रम हामी अहिले पनि कायम राख्न चाहन्छौं । टिमलाई आफ्ना खेलाडीमा विश्वास पनि छ ।’
पराजित जनकपुरका प्रशिक्षक शिवनारान चन्द्रपउलले भने हारमा निराशा पोखे र भने, ‘हाम्रो फिल्डिङ राम्रो रहेन्, त्यसैले लुम्बिनीले केही धेरै रन बनाउन सक्यो । लक्ष्य ठूलो पनि थिएन्, तर हाम्रो ब्याटिङ पनि राम्रो रहन सकेन् । अब के गर्नु पर्छ, त्यही अनुसार खेल्ने छौं ।’