काठमाडौँ । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा छ चौका र एक छक्का प्रहार गरे । अर्धशतक बनाउन चार रनले चुकेका सर्टले सुरुवाती विकेट पतनका बीच एक छेउबाट इनिङ्स सम्हालेका थिए ।
Read full story at source ( nepalpress.com )