Trending
Prev Story
Next Story

भ्रष्टतन्त्रको सफाइ गर्छौं, अर्को चुनावबाट झन् ठूलो शक्ति भएर आउँछौं : अर्थमन्त्री

Onlinekhabar •
November 05, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले ‌औंला ठड्याउन नसकेको दाबी गरेका छन् । उनले यही अवस्था साढे चार वर्ष पनि कामय गर्दै अर्को चुनावमा झन् ठूलो शक्ति भएर …

भ्रष्टतन्त्रको सफाइ गर्छौं, अर्को चुनावबाट झन् ठूलो शक्ति भएर आउँछौं : अर्थमन्त्री

१९ कात्तिक, काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले ‌औंला ठड्याउन नसकेको दाबी गरेका छन् ।

उनले यही अवस्था साढे चार वर्ष पनि कामय गर्दै अर्को चुनावमा झन् ठूलो शक्ति भएर आउने दाबी गरेका छन् ।

‘साढे सात आठ महिना हुनलाग्दा पनि कसैलाई औँला ठड्याउन पाएको छैन । साढे ४ वर्ष यस्तै गरी सरकार चलाएर हामी फेरि ठूलो शक्ति भएर आउँछौं’ मन्त्री वाग्लेले नेपाल इन्फ्रास्ट्रक्चर समिटबारे आयोजित कार्यक्रममा भने ।

उनले सरकारका सबै नियकाबीच कोअर्डिनेसनमा काम भइरहेको दाबी गरे ।

‘जुद्दध शम्मशेर पछि कुनै सरकार पाँच वर्ष चलेको थिएन । अब हामी क्रमभंग गर्छौं’ वाग्लेले भने,’ सरकारले ‘क्लेप्टोक्रेसी (भ्रष्टतन्त्र) क्लिनअप गर्छ ।’

उनका अनुसार विगत साढे तीन वर्षमा ३५ वटा ऐन बनेकोमा अहिले सरकारले १६६ वटा ऐनमाथि काम गरिरहेको छ । तीमध्ये ५९ वटा ऐनलाई एउटै प्याकेजमा अघि बढाउने तयारी रहेको उनले जानकारी दिए । ‘हामी बिग ब्याङ गर्दैछौं । कामको रफ्तार अब बढ्छ,’ उनले भने ।

पूर्वाधार विकासमा सरकारले ठूलो लगानी र तीव्र कार्यान्वयनलाई प्राथमिकता दिएको उनको भनाइ छ । एकैपटक आठदेखि १० वटा ठूला पूर्वाधार आयोजनालाई अघि बढाउने गरी काम गरिएको यनले बताए ।

सबै विकासका काम राज्यले मात्रै गर्नुपर्ने अवस्था अन्त्य गर्न निजी क्षेत्रको सहभागिता बढाउने नीति पनि सरकारले लिएको वाग्लेले बताए । निजी क्षेत्रलाई लगानीका लागि बाटो खोल्ने गरी बजेट ल्याइएको र वैकल्पिक विकास वित्तसम्बन्धी व्यवस्था कार्यान्वयनमा जाने उनको भनाइ छ ।

‘निजी पुँजीलाई बढाउँछौं,’ उनले भने ।

अर्थमन्त्री वाग्लेले सरकारले अघि बढाएको सुशासनको प्रयासले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको दाबीसमेत गरे । ठूलो बाढीपहिरोको सामना गर्नुपरे पनि राजस्व संकलनको गति राम्रो रहेको उल्लेख गर्दै उनले यसलाई सुशासनको लाभांशका रूपमा व्याख्या गरे ।

सरकारले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने उनको भनाइ थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
नरेश भट्टको झुटको पर्दा अदालतभित्रै उघार्ने यी वकिल को हुन्? एकपछि अर्को प्रश्नले नरेशलाई निरुत्तर बनाइदिए!

नरेश भट्टको झुटको पर्दा अदालतभित्रै उघार्ने यी वकिल को हुन्? एकपछि अर्को प्रश्नले नरेशलाई निरुत्तर बनाइदिए!

ममता काफ्लेको हत्या मुद्दामा नरेश भट्टसँग कडा जिरह गरेर चर्चामा आएका यी वकिल हुन् म्याथ्यु स्वीट (Matthew Sweet)। उनी अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीका सरकारी अभियोजनकर्ता हुन...

#अर्को
Compare →
Nagarik News
6d ago
मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन

मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन

मिलर विशेषगरी ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका प्रमुख योजनाकारका रूपमा चिनिन्छन्। उनले आप्रवासन नियन्त्रणका लागि विभिन्न योजना बनाउन र सरकारी निकायबिच समन्वय गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।

#चुनाव
Compare →
Ekantipur
4d ago
टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

सोमबार अनलाइनमा प्रकाशित परिचयात्मक सामग्रीमा टाइम म्यागेजिनले गत भदौमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि चलाएको अभियानलाई उल्लेख गरेको छ ।

#वाग्ले #अर्थमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611