Trending
Prev Story
Next Story

के दीपकराज गिरी आध्यात्मिक जीवनमा मग्न छन् ?

Onlinekhabar •
November 05, 2026 • 10:01 AM
1
1 reads 0 reactions

केही दिनअघिको कुरा हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा झन्डै एक हात लामो स्टाटस लेखेका थिए । सो स्टाटस उनले त्यसकारण लेखेका थिए कि फिल्मले अपेक्षित कमाइ गर्न सकेन । यसअघि उनले यस्तो असफलता …

के दीपकराज गिरी आध्यात्मिक जीवनमा मग्न छन् ?

केही दिनअघिको कुरा हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा झन्डै एक हात लामो स्टाटस लेखेका थिए । सो स्टाटस उनले त्यसकारण लेखेका थिए कि फिल्मले अपेक्षित कमाइ गर्न सकेन ।

यसअघि उनले यस्तो असफलता कहिल्यै भोगेका थिएनन् । १२ वर्षे फिल्म निर्माणको यात्रामा उनले एकपछि अर्को सफलता चाख्दै आए । पहिलो फिल्म ‘छ एकान छ’ सुपरहिट भएपछि उनी कमेडी जनराका ‘राजा’ नै बने ।

त्यसपछि ‘छक्का पञ्जा’ हुँदै ‘छ माया छपक्कै’सम्म उनको अविश्राम यात्रा जारी रह्यो । ‘छक्का पञ्जा’ कतिधेरै रुचाइयो भने यसको पाँचौँ शृंखलासम्म निर्माण भयो ।

यसपटक उनी दसैँमा ‘छ माया छपक्कै–२’ लिएर दर्शकमाझ आए । तर, फिल्मले सोचेअनुसारको कारोबार गर्न सकेन । जब नसोचेको नतिजा आयो, तब दीपकराजले एक हात लामो स्टाटस लेख्दै भने, ‘म यो असफलतालाई सहर्ष स्वीकार गर्छु ।’

उनको स्टाटसमा नानाथरी कमेन्ट आए । त्यसमध्ये एउटा चर्चित कमेन्ट कुमार बेनको थियो । कुमार बेन को ? चिनाइरहनु परेन । उनले दसैँताका प्रदर्शनमा आएका सबै फिल्म नबिराई हेरेका थिए । ‘छक्का पञ्जा’ पनि हेरेकै थिए ।

कुमार बेनले दीपकराजको स्टाटसमा कमेन्ट गर्दै सान्त्वनाका शब्द लेखेका थिए । यद्यपि दीपकराजले आफ्नै स्टाटसमा अर्को टिप्पणी लेखे ।

‘तपाईंहरूले दिएको यति धेरै माया, तपाईंहरूका शब्द, आशीर्वाद तथा सान्त्वनाका लागि नमन छ ।

वास्तवमा पछिल्लो समय जब म अध्यात्मसँग जोडिएँ, त्यसपछि जीवनमा प्राप्त हुने सफलता वा असफलता कुनै कुराले छुँदैन । आनन्दपूर्वक काम गर्न पाए पुग्छ ।

त्यसै पनि नतिजा कहाँ हाम्रो हातमा हुन्छ र ?

तथापि तपाईंहरूको प्रेम चाहिँ अमूल्य छ ।

सबै आदरणीय मित्रहरूलाई सप्रेम धन्यवाद ।’

उनको यो टिप्पणीबाट उनी आध्यात्मिक जीवनतर्फ अग्रसर भइरहेको बुझ्न सकिन्छ । सुखमा नमात्तिने र दुःखमा नआत्तिने अवस्थामा पुगेका छन् । यो त अरूले पनि सिक्नुपर्ने कुरा पो हो !

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
6d ago
गालीबाट बच्न पूजा लगाएका दीपकराज भन्छन्- फोटो हालेपछि झन् बढी गाली खाइयो !

गालीबाट बच्न पूजा लगाएका दीपकराज भन्छन्- फोटो हालेपछि झन् बढी गाली खाइयो !

आभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा आइरहेको निरन्तर गालि प्रति शनिबार बोलेका छन्।

#दीपकराज #गिरी
Compare →
Hamro Patro News
6d ago
इभा गिरीको पहिरन विवादमा बुबाको कडा जवाफ, भने– ‘पहिरन जस्तोसुकै होस्, चरित्र राम्रो हुनुपर्छ’

इभा गिरीको पहिरन विवादमा बुबाको कडा जवाफ, भने– ‘पहिरन जस्तोसुकै होस्, चरित्र राम्रो हुनुपर्छ’

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेकी कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सर इभा गिरी चलचित्र ‘पाँच पाण्डव’मा जोडिएसँगै उनको पहिरनलाई लिएर विभिन्न टिप्पणी र आलोचना भइरहेका छन्। यसैबीच, छोरीको पहिर...

#गिरी
Compare →

Related Stories

Education & Youth
Build #2611