Trending
Prev Story
Next Story

मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन

Nagarik News •
November 07, 2026 • 01:26 AM
1
1 reads 0 reactions

मिलर विशेषगरी ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका प्रमुख योजनाकारका रूपमा चिनिन्छन्। उनले आप्रवासन नियन्त्रणका लागि विभिन्न योजना बनाउन र सरकारी निकायबिच समन्वय गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।

मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना लामो समयदेखिका सहयोगी स्टीफन मिलरलाई ह्वाइट हाउसको चिफ अफ स्टाफ नियुक्त गरेका छन्।

उनले सुसी वाइल्सको ठाउँ लिने भएका हुन्। रिपब्लिकन पार्टीले मध्यावधि चुनावमा ठुलो हार बेहोरेपछि ट्रम्पले आफ्नो टिममा यो परिवर्तन गरेका हुन्।

४१ वर्षीय मिलर ट्रम्पका विश्वासिला सहयोगीमध्ये एक हुन्। उनी सन् २०१६ को राष्ट्रपति चुनाव अभियानदेखि नै ट्रम्पको टोलीमा छन्। त्यतिबेला उनी भाषण लेखकका रूपमा जोडिएका थिए। पछिल्लो समय उनले ह्वाइट हाउसमा नीति निर्माणसम्बन्धी उपप्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए।

मिलर विशेषगरी ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका प्रमुख योजनाकारका रूपमा चिनिन्छन्। उनले आप्रवासन नियन्त्रणका लागि विभिन्न योजना बनाउन र सरकारी निकायबिच समन्वय गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मिलर आफ्नो सुरुदेखिका सहयोगी भएको बताए। उनले भने, ‘स्टीफन सुरुदेखि नै मसँग छन्। उनी राजनीतिक रूपमा निकै जानकार छन्। उनले राम्रो काम गर्नेछन्।’

मध्यावधि चुनावका क्रममा ट्रम्प प्रशासनको आप्रवासन नीति विवादमा परेको थियो। एक मतदाता सर्वेक्षणअनुसार करिब १० मध्ये ६ मतदाताले प्रशासनले आप्रवासन नियन्त्रणका लागि चालेका कदम आवश्यकताभन्दा बढी भएको बताएका थिए। यही विषय चुनावमा रिपब्लिकन पार्टीका लागि चुनौती बनेको थियो।

यसैबिच, सुसी वाइल्सले बिहीबार आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। ट्रम्पले उनको कामको प्रशंसा गर्दै अब पनि आफ्नो राजनीतिक संगठनमा काम गर्ने बताएका छन्।

वाइल्स ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउसको चिफ अफ स्टाफ बन्ने पहिलो महिला थिइन्। उनी ट्रम्पका लामो समयदेखिका राजनीतिक सल्लाहकारमध्ये एक हुन्। ट्रम्पको पहिलो कार्यकालमा चिफ अफ स्टाफको जिम्मेवारी सम्हाल्ने व्यक्ति पटकपटक फेरिएका थिए। तर वाइल्सले दोस्रो कार्यकालको सुरुदेखि नै यो जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

ट्रम्पले वाइल्सले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरेको बताएका छन्। उनले भने, ‘जीवनमा कहिलेकाहीँ परिवर्तन गर्नुपर्छ।’

वाइल्सले पनि सामाजिक सञ्जालमार्फत ट्रम्पसँग ह्वाइट हाउसमा काम गर्न पाउनु आफ्नो जीवनको ठुलो अवसर भएको बताएकी छन्। उनले सीमा सुरक्षा, कर कटौती र अमेरिकी अर्थतन्त्र बलियो बनाउने काममा सहभागी हुन पाएकोमा गर्व लागेको बताइन्।

वाइल्सले यसअघि आफूलाई स्तन क्यान्सर भएको जानकारी सार्वजनिक गरेकी थिइन्। उपचारपछि उनले आफ्नो शरीरमा क्यान्सरको कुनै संकेत नरहेको बताएकी थिइन्। उपचारका क्रममा पनि उनले आफ्नो जिम्मेवारी निरन्तर सम्हालेकी थिइन्।

मिलरको नियुक्तिसँगै ट्रम्प प्रशासनले आगामी दुई वर्ष आफ्नो नीति कार्यान्वयनमा थप ध्यान दिने देखिएको छ। अर्कोतर्फ, डेमोक्र्याटहरूको बलियो उपस्थिति रहने संसद्सँग ट्रम्प प्रशासनको सम्बन्ध कस्तो हुन्छ भन्ने चासो पनि बढेको छ।

प्रकाशित: २१ कार्तिक २०८३ ०७:११ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
14h ago
निर्वाचनको धक्काले ट्रम्पको रणनीति परिवर्तन, भ्रष्टाचारविरुद्ध केन्द्रित हुन भान्सलाई निर्देशन

निर्वाचनको धक्काले ट्रम्पको रणनीति परिवर्तन, भ्रष्टाचारविरुद्ध केन्द्रित हुन भान्सलाई निर्देशन

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धप्रतिको ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्। मध्यावधि निर्वाचनमा र...

#ट्रम्प #परिवर्तन
Compare →
Onlinekhabar
3d ago
चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

२४ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा केही लचकता अपनाउन सकिने संकेत दिए। तर त्यसको भोलिपल्टै उनले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेकालाई आममाफी नदिने र देशनिकाला नीति परिवर्तन नहुने …

#ट्रम्प #चुनाव
Compare →
Arthasansar
14h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2611