Trending
Prev Story
Next Story

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

Ekantipur •
November 05, 2026 • 09:02 AM
1
1 reads 0 reactions

यमनमा सन् २०१४ को अन्त्य देखि द्वन्द्व जारी छ

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनमा सन् २०१४ को अन्त्य देखि द्वन्द्व जारी छ

काठमाडौँ — यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी सैन्य अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

सैन्य अधिकारीले सुरक्षा खतराको कारण, नाम न छाप्ने सर्तमा बोल्दै, आक्रमणले उत्तरी अल–धलिया, कतबाह जिल्लाको एक सैन्य सुविधामा प्रहार गरेको उल्लेख गरेका छन् ।

अधिकारीका अनुसार आक्रमणको समयमा भर्खरै भर्ती भएका सरकारी सैनिकहरूले बिहानीको अभ्यास गरिरहेका थिए ।

उनले आक्रमणको जिम्मेवार पक्ष हुथी विद्रोहि समुह भएको उल्लेख गरेको छ । हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले दक्षिणपश्चिमी प्रान्त ताइजको हेफान जिल्लाको एक घरमा भएको साउदी हवाई आक्रमणमा तीन बालबालिका र एक महिलाको मृत्यु हुनुका साथै अन्य चार बालबालिका घाइते भएको रिपोर्ट गरेको छ ।

ताइजमा भएको अर्को आक्रमणमा, च्यानलले पश्चिमी ताइजको मकबाना जिल्लाको एउटा घरमा भएको हवाई आक्रमणमा १० जना भन्दा बढी मानिस मारिएको वा खन्य घाइते भएको बताएको छ ।

यसले आक्रमणको बारेमा तत्काल जानकारी प्रदान नगरी अल–बायदा प्रान्तको मध्य प्रान्तको धि नाइम जिल्ला र सादा प्रान्तको मारान क्षेत्रमा दूरसञ्चार सुविधाहरूमा साउदी हवाई आक्रमण गरेको पनि रिपोर्ट गरेको छ ।

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोष्टमा हुथी सैन्य प्रवक्ता याह्या सारियाले साउदी सेनाले विगत २४ घण्टामा १०४ वटा हवाई र क्षेप्यास्त्र आक्रमण गरेको र दर्जनौँ  मानिसहरु मारिएको तथा घाइते भएको दाबी गरेका छन् जसमा जसमा अधिकांश महिला तथा बालबालिका रहेका थिए ।

हाल साउदी नेतृत्वको गठबन्धनद्वारा समर्थित हुथीहरू र सरकारी सेनाहरू बीच बढ्दो लडाइँको बीचमा यी आक्रमणहरू भएका छन् भने धेरै यमनी प्रान्तहरूमा स्थलगत लडाइँ र हवाई आक्रमणहरू बढेको छ ।

यो द्वन्द्व हाल छिमेकी  मुलुक साउदी अरबमा पनि फैलिएको छ, जहाँ हुथीहरूले विमानस्थल, सैन्य सुविधाहरू र तेल प्रशोधन केन्द्रहरुमा बारम्बार क्षेप्यास्त्र तथा ड्रोन आक्रमण जारी राखेको दाबी गरेका छन् ।

यमनमा सन् २०१४ को अन्त्य देखि द्वन्द्व जारी छ । हुथीहरूले  यमनको राजधानी साना र देशको उत्तरको अधिकाशं भाग कब्जा गरे पछि साउदी नेतृत्वको गठबन्धनलाई सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा हस्तक्षेप गर्न प्रेरित गरेको जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
15h ago
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ। आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ ज...

#आक्रमण #जनाको #मृत्यु
Compare →
Onlinekhabar
9h ago
गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

२७ कात्तिक, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका …

#आक्रमण
Compare →
Arthasansar
14h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →

Related Stories

World News
Build #2611