Trending
Prev Story
Next Story

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

Nagarik News •
November 05, 2026 • 08:05 AM
1
1 reads 0 reactions

मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमन तथा खाद्यवस्तुको नमुना परीक्षणबाट कैफियत देखिएपछि उनीहरूविरुद्ध सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विमलकुमार दाहालका अनुसार मुद्दा दायर गरिएकामध्ये बारा र पर्साका आठ, सप्तरी र सिरहाका तीन, महोत्तरीका दुई तथा धनुषाका एक व्यवसायी छन्। उनीहरूविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत कारबाही अघि बढाइएको उनले जानकारी दिए।

खाद्य स्वच्छता कायम नगर्ने, खाद्यवस्तुमा मिसावट गर्ने, स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु उत्पादन तथा बिक्री गर्ने र म्याद गुज्रिएका सामग्री बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको प्रमुख दाहालले बताए।

उनका अनुसार सो अवधिमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट खाद्य तथा दाना पदार्थ ऐन तथा नियमअनुसार १६४ नमुना सङ्कलन गरिएकामा पाँच वटाको परीक्षण प्रतिवेदन प्रतिकूल देखिएको थियो। ती नमुनाका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत कारबाही अघि बढाइएको हो।

यसैगरी, खाद्य स्वच्छता कायम गराउने उद्देश्यले प्रदेशका विभिन्न जिल्लामा ६३२ खाद्य व्यवसायमा संयुक्त अनुगमन गरिएको थियो। अनुगमनका क्रममा ५६ खाद्य उद्योगमा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु १८ लाख २६ हजार जरिवाना गरिएको कार्यालयले जनाएको छ।

सो अवधिमा २०५ खाद्य तथा दाना उद्योग, १९५ होटल, रेस्टुरेन्ट तथा क्यान्टिनमा अनुगमन गरिएको र उपभोक्ताबाट प्राप्त २७ उजुरी सम्बोधन गरिएको प्रमुख दाहालले बताए। उनका अनुसार तीन महिनाको अवधिमा २६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, ६८ उद्योगको अनुज्ञापत्र नवीकरण र ८४ नयाँ उद्योग स्थापनाका लागि सिफारिस गरिएको छ।

नमुना परीक्षण, अनुज्ञापत्र जारी तथा नवीकरण र उद्योग स्थापनाका लागि सिफारिसलगायतका कामबाट रु १६ लाख २४ हजार १० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेका तथा उपभोगका लागि अयोग्य खाद्यवस्तु जफत गरी सरोकारवालाको रोहबरमा नष्ट गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १३:५० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
दुई दशकदेखि तरकारीको बेर्ना उत्पादनमा राजकुमार

दुई दशकदेखि तरकारीको बेर्ना उत्पादनमा राजकुमार

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले तरकारीको बेर्नासँगै गहुँ र धानको बीउ पनि ब...

#उत्पादन #बिक्री
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#उत्पादन #बिक्री
Compare →
Ekantipur
2h ago
एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन, २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुग्यो ।

#उत्पादन
Compare →

Related Stories

Technology
Build #2611