Trending
Prev Story
Next Story

फुटुक पर्वकै बेला चट्याङले बिगार्‍यो टावर, ओलाङचुङगोलाको सञ्चार अवरुद्ध

Ekantipur •
November 05, 2026 • 08:32 AM
1
1 reads 0 reactions

मुख्य पर्वमा आफन्त भेला हुने र कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने तयारीबीच ओलाङचुङगोलामा फोरजी सेवा बन्द हुँदा स्थानीयको उत्सव प्रभावित भएको छ।

फुटुक पर्वकै बेला चट्याङले बिगार्‍यो टावर, ओलाङचुङगोलाको सञ्चार अवरुद्ध

मुख्य पर्वमा आफन्त भेला हुने र कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने तयारीबीच ओलाङचुङगोलामा फोरजी सेवा बन्द हुँदा स्थानीयको उत्सव प्रभावित भएको छ।

ताप्लेजुङ — चट्याङले ओलाङचुङगोलास्थित नेपाल टेलिकमको टावरमा क्षति पुर्‍याएको छ । स्थानीयको मुख्य चाड फुटुक पर्व सुरु हुनै लागेका बेला फोरजी टावरमा क्षति पुगेपछि पर्वको रौनकमा समेत असर परेको छ ।

‘बस्तीभन्दा माथि रहेको हिले डाँडामा चट्याङले टावर बिगार्‍यो । टुजीसम्म चलाउन सकिन्छ कि भनेर प्रयास गर्‍यौँ,’ फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले भने, ‘टेलिकमका प्राविधिक कर्मचारी इलामबाट आउनुपर्ने रहेछ । तिहार सुरु भइसकेकाले हामीले लामो समयसम्म सेवा अवरुद्ध हुने भयो ।’

यहाँ तिहारको औँसीका दिनसम्म फुटुक पर्व मनाइन्छ । यो पर्वमा ओलाङचुङगोलाबाहिर रहेका आफन्त पनि भेला हुन्छन् । फुटुक हेर्न जानेको संख्या पनि उल्लेख्य हुन्छ । ‘अहिले यस्ता चाडपर्वको लाइभ गर्ने, अरूलाई पनि देखाउने र पर्वको चिनारी गराउने प्रचलन छ,’ छेतेनले भने, ‘पर्वकै बेला अवरोध आउँदा केही समस्या हुने रहेछ ।’

टावर रहेको ठाउँमा पुगेर भिडियो कलमार्फत सेवा सञ्चालन गर्न सकिन्छ कि भनेर स्थानीयले प्रयास गरे पनि सम्भव नभएको उनले बताए । ‘प्राविधिकले आउँदैनौँ त भनेका छैनन् । तर, यहाँ आइपुग्न तीन दिन र फर्कन पनि त्यति नै समय लाग्ने भएकाले तिहारपछि मात्रै सम्भव हुने भयो भनेका छन्,’ छेतेनले भने ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना

देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना

काठमाडौं - छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात ग...

#पर्व
Compare →
Nagarik News
9h ago
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ ।

#पर्व
Compare →
Arthasansar
17h ago
आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा...

#पर्व
Compare →
Bizshala
19h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व
Compare →
Onlinekhabar
21h ago
छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

२७ कात्तिक, काठमाडौं । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन यो पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो …

#पर्व
Compare →

Related Stories

World News
Build #2611