Trending
Prev Story
Next Story

२६औं जन्मदिन मनाउँदै खुशी, जसको फिल्मी करियरभन्दा चर्चा शाही ठाँटको हुन्छ

Onlinekhabar •
November 05, 2026 • 08:31 AM
1
1 reads 0 reactions

दिवंगत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूरकी कान्छी छोरी खुशी आज आफ्नो २६औं जन्मदिन मनाउँदैछिन् । बलिउडको नामी परिवारमा जन्मिएकी खुशीले अहिलेसम्म अभिनयमा लामो यात्रा तय गरिसकेकी छैनन् । तर, फिल्मभन्दा बाहिर उनको पहिरन, महँगा …

२६औं जन्मदिन मनाउँदै खुशी, जसको फिल्मी करियरभन्दा चर्चा शाही ठाँटको हुन्छ

दिवंगत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूरकी कान्छी छोरी खुशी आज आफ्नो २६औं जन्मदिन मनाउँदैछिन् । बलिउडको नामी परिवारमा जन्मिएकी खुशीले अहिलेसम्म अभिनयमा लामो यात्रा तय गरिसकेकी छैनन् ।

तर, फिल्मभन्दा बाहिर उनको पहिरन, महँगा फेसन ब्रान्ड, सार्वजनिक उपस्थिति र जीवनशैलीले भने सधैं लाइमलाइटमा राख्ने गरेको छ ।

सन् २०००मा मुम्बईमा जन्मिएकी खुशीको बाल्यकाल सामान्य थिएन । आमा श्रीदेवी भारतीय फिल्मकी चर्चित अभिनेत्री थिइन् भने पिता बोनी कपूर बलिउडका स्थापित निर्माता ।

दिदी जाह्नवी कपूर पनि फिल्म क्षेत्रमा सक्रिय भएपछि खुसीको परिवार नै मनोरञ्जन जगतको चर्चित नाम बन्यो ।

तर, चर्चित परिवारमा जन्मिँदैमा आफ्नै पहिचान बनाउन सजिलो हुँदैन । खुसीले सन् २०२३ मा जोया अख्तर निर्देशित नेटफ्लिक्स फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यु गरिन् ।

यसमा उनले बेट्टी कुपरको भूमिका निर्वाह गरेकी थिइन् । सुहाना खान र अगस्त्य नन्दाजस्ता स्टारकिडसँग एउटै फिल्मबाट पर्दामा देखिएकी उनको अभिनयलाई लिएर प्रशंसा र आलोचना दुवै भए ।

त्यसपछि सन् २०२५ मा उनी ‘लभयापा’ र ‘नादानियाँ’मा देखिइन् । ‘लभयापा’मा जुनैद खानसँग र ‘नादानियाँ’मा इब्राहिम अली खानसँग पर्दा बाँडेकी खुसीले फरक भूमिकामार्फत आफूलाई चिनाउने प्रयास गरिन् ।

अर्थात्, उनको फिल्मी यात्रा अहिले पनि सिक्ने र आफ्नो ठाउँ बनाउने चरणमै छ ।

अभिनयसँगै सौन्दर्य व्यवसायमा सक्रिय

खुशीको पहिरन र फेसन छनोटले उनलाई युवा पुस्तामाझ पनि चर्चित बनाएको छ । उनी सार्वजनिक कार्यक्रममा डिजाइनर पहिरनमा देखिन्छिन् ।

कहिले आकर्षक गाउन त कहिले परम्परागत पहिरनमा सजिएकी उनका तस्बिर सामाजिक सञ्जालमा छाइरहन्छन् ।

उनको सौन्दर्यप्रतिको रुचि पहिरनमा मात्रै सीमित छैन । नङको सजावट अर्थात् नेल आर्टमा पनि उनको विशेष रुचि छ ।

यही रुचिलाई उनले अहिले व्यावसायिक रूपसमेत दिएकी छन् । हालै ‘नेलिनिट’ नामको प्रेस–अन नेल्स ब्रान्डमा सहसंस्थापक तथा प्रमुख सिर्जनात्मक अधिकृतका रूपमा जोडिएकी छन् । अभिनयसँगै सौन्दर्य व्यवसायमा पनि हात हाल्ने उनको यो प्रयासले खुसीको अर्को पाटो देखाएको छ ।

खुसीको वार्डरोबमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डका पहिरन र सामग्री देखिन्छन् । उनी डिओर, च्यानल र लुइस भुइटनजस्ता ब्रान्डका सामग्रीमा देखिँदै आएकी छन् । सन् २०२५ को एक बिदाको तस्बिरमा उनी फ्लोरल पहिरनसँग लेडी डिओर ब्याग र च्यानलका स्यान्डलमा देखिएकी थिइन् ।

फिटनेस र सौन्दर्यमा पनि उत्तिकै ध्यान

खुसी आफ्नो शारीरिक तन्दुरुस्तीका लागि पिलाटेस गर्छिन् । उनले एक अन्तर्वार्तामा आफू पिलाटेसको पारखी भएको बताएकी थिइन् । कहिलेकाहीँ तौल उठाउने अभ्यास पनि गर्छिन् ।

छालाको हेरचाहमा मोइस्चराइजर, सनस्क्रिन र अनुहार सफा गर्ने नियमित प्रक्रियालाई प्राथमिकता दिने गरेको उनले बताएकी छन् ।

खुसीको सामाजिक सञ्जालमा घुमफिरका तस्बिर पनि प्रशस्तै भेटिन्छन् । बाली, बार्सिलोना, लन्डन, इटाली र न्युयोर्कजस्ता ठाउँमा बिताएका पल उनले सार्वजनिक गरेकी छन् । उनको छुट्टीको शैलीमा पनि फेसन र आकर्षक पहिरनको झल्को देखिन्छ ।

खुसीको सम्पत्तिबारे पनि उत्तिकै चर्चा हुने गर्छ । केही भारतीय सञ्चारमाध्यमले उनको कुल सम्पत्ति करिब ७० करोड भारतीय रुपैयाँ रहेको दाबी गरेका छन् ।

र, यो रकमको आधिकारिक पुष्टि भने भएको छैन ।

फिल्म, विज्ञापन, ब्रान्डसँगको सहकार्य र फेसनसम्बन्धी गतिविधि उनको आम्दानीका सम्भावित स्रोत हुन् ।

परिवारको आर्थिक पृष्ठभूमि पनि उनको विलासी जीवनशैलीको एउटा आधार हो । तर, खुसीको आफ्नै कमाइ र पारिवारिक सम्पत्तिलाई एउटै रूपमा हेर्न मिल्दैन ।

अहिले खुसीका लागि चुनौती चर्चित परिवारकी छोरी वा सुन्दर पहिरनमा देखिने अभिनेत्रीको परिचयमा सीमित नहुनु हो । अभिनयमा आफ्नो क्षमता प्रमाणित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
तब्बूको जन्मदिनमा फ्यानहरूलाई विशेष उपहार सार्वजनिक भयो अभिनेत्रीको पहिलो लुक

तब्बूको जन्मदिनमा फ्यानहरूलाई विशेष उपहार सार्वजनिक भयो अभिनेत्रीको पहिलो लुक

फिल्म ‘किङ १००’ मा तब्बू ‘महन्ती झाँसी रानी’ को भूमिकामा देखिनेछिन्।

#फिल्म #जन्मदिन
Compare →
Hamro Patro News
1w ago
‘रामायण’ मा हनुमान अवतरमा देखिए सनी देओल, पोस्ट क्रेडिट दृश्य चर्चामा

‘रामायण’ मा हनुमान अवतरमा देखिए सनी देओल, पोस्ट क्रेडिट दृश्य चर्चामा

मुम्बई- निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित तथा भव्य पौराणिक फिल्म ‘रामायण’ अन्ततः सिनेमा हलमा प्रदर्शनमा आएको छ। विश्वभरका करिब ५९ हजार सिनेमा हलमा एकसाथ प्रदर्शन भएको बताइएको यस फिल्मले रिलिजस...

#फिल्म #चर्चा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612