Trending
Prev Story
Next Story

मध्यरातबाट लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: २१ जना नियन्त्रणमा

Onlinekhabar •
November 05, 2026 • 08:31 AM
1
1 reads 0 reactions

१९ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मध्यरातबाट ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ । लेकसाइड क्षेत्रमा वातारण बिग्रिँदै गएको गुनासोपछि प्रहरीले मध्यरातबाट थालेको ‘अपरेसन सभ्यता’ मा २१ जना पक्राउ परेका छन् । लेकसाइड क्षेत्रमा पर्यटकलाई अनावश्यक …

मध्यरातबाट लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: २१ जना नियन्त्रणमा

१९ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मध्यरातबाट ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ ।

लेकसाइड क्षेत्रमा वातारण बिग्रिँदै गएको गुनासोपछि प्रहरीले मध्यरातबाट थालेको ‘अपरेसन सभ्यता’ मा २१ जना पक्राउ परेका छन् ।

लेकसाइड क्षेत्रमा पर्यटकलाई अनावश्यक दुःख दिने, दुव्र्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधि गर्ने क्रम बढेपछि नियन्त्रण र रोकथामका लागि अभियान सञ्चालन गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

उनका अनुसार पर्यटकीय क्षेत्रको सुरक्षा, पोखराको पर्यटन छविमा पर्न सक्ने नकारात्मक असर न्यूनीकरण तथा आसन्न तिहार र छठ पर्वलाई सुरक्षित र सभ्य बनाउन प्रहरीले विशेष अभियान थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित टोलीले कात्तिक १८ गतेदेखि अपरेसन सभ्यता सञ्चालन गरेको कास्की प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

अभियानअन्तर्गत कात्तिक १९ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा जुवातास खेल्ने, होहल्ला गर्ने, अवाञ्छित तथा अनैतिक गतिविधिमा संलग्न २१ जनालाई नियन्त्रणमा लिइएको पासवानले जानकारी दिए । नियन्त्रणमा लिइएकामध्ये १० जना जुवातास खेल्ने, ६ जना अवाञ्छित गतिविधिमा संलग्न, २ जना झैझगडा गर्ने र ३ जना चोरी, मादक पदार्थ सेवनलगायत गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अभियानका क्रममा २७ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको छ । तीमध्ये १५ वटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाही गरिएको छ भने २ वटा सवारीसाधनका चालकलाई अन्य ट्राफिक कसुरमा कारबाही गरिएको छ । १० वटा सवारीसाधनलाई होल्डमा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले लेकसाइडमा पर्यटकलाई दुःख दिने, अनावश्यक विवाद सिर्जना गर्ने तथा पर्यटन क्षेत्रको शान्ति सुरक्षामा असर पुर्‍याउने गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिने जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ।

#अपरेसन #प्रहरीको #नियन्त्रण
Compare →
Hamro Patro News
1d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले...

#प्रहरीको #अपरेसन #नियन्त्रण
Compare →

Related Stories

National (Nepal)
Build #2612