Trending
Prev Story
Next Story

परीक्षण भयो लुम्बिनीको ब्याटिङ, जनकपुरलाई १५० रनको लक्ष्य

Onlinekhabar •
November 05, 2026 • 08:30 AM
1
1 reads 0 reactions 4 comments

१९ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको जिजेता जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ …

परीक्षण भयो लुम्बिनीको ब्याटिङ, जनकपुरलाई १५० रनको लक्ष्य

१९ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको जिजेता जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे ।

आसिफ शेख र दिलीप नाथले समान २१ रन जोड्दा शामिन हुसेनले १३ रन बनाए । ओपनर डार्शी सर्ट खेलको पहिलो बलमै आउट भएका थिए ।

रुबेन ट्रम्पलम्यानले ८ बल खेल्दै २ छक्का मदतमा १५ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका सन्दीप जोरा ९ रन बनाएर आउट भए ।

१७ ओभर स्पीनबाट बलिङ गराएको जनकपुरका लागि स्पीनरले ४ विकेट लिंदा पेसरले ३ विकेट लिएका थिए । १६औं ओभरपछि लगातार ३ ओभर मात्र पेस बलिङ गरेको जनकपुरका लागि अभिषेक तिवारी र राहुल यादवले ३ विकेट लिए । अन्तिम ओभर स्पीनरले नै बलिङ गरेका थिए ।

जनकपुरका विशाल सुशलिङ र राहुल २-२ विकेट लिए । विशालले ४ ओभरमा २१ र राहुलले २ ओभरमा १७ रन खर्चिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १-१ विकेट लिए ।

सुरुवाती दुई खेलमा लुम्बिनीले विपक्षीलाई क्रमश: ८७ र ९७ रनमा अलआउट गर्दा ब्याटिङमा खासै मिहिनेत गर्नुपरेको थिएन । पोखराविरुद्धको जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले ब्याटिङमा खासै टेष्ट नभएको बताएका थिए । तर, जनकपुरविरुद्धको खेलमा भने पहिलो बलदेखि नै विकेट गुमाएको लुम्बिनीका १० खेलाडी ब्याटिङमा लागि क्रिज पुग्नुपरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
8h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Hamro Patro News
10h ago
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ। जनकपु...

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Nagarik News
10h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #ब्याटिङ #जनकपुर
Compare →
Ekantipur
9h ago
चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

प्लेअफ पुग्ने झिनो आशालाई जिवितै राख्न जित्नै पर्ने खेलमा जनकपुरले फितलो ब्याटिङ गरेको हो । चितवनलाई प्ले अफमा पुग्न बाँकी रहेको दुबै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

#ब्याटिङ #जनकपुर
Compare →

Related Stories

World News
Build #2611