Trending
Prev Story
Next Story

लगनखेल चोकमा चिटिक्क पार्क

Onlinekhabar •
November 05, 2026 • 08:30 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‛न्हु पुखु एभेन्यू’ निर्माण गरेको छ । स्वीस सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण भएको हो । उक्त पार्कको बिहीबार उद्घाटन गरिएको …

लगनखेल चोकमा चिटिक्क पार्क

१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‛न्हु पुखु एभेन्यू’ निर्माण गरेको छ । स्वीस सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण भएको हो । उक्त पार्कको बिहीबार उद्घाटन गरिएको छ ।

पार्कको नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रेर पेजले संयुक्त रुपमा उद्घाटन गरे। ‛न्हु पुखु एभेन्यू’ नाम दिइएको यस सार्वजनिक स्थललाई स्वीजरल्याण्ड र नेपालबीचको अटुट मित्रताको प्रतिकको रुपमा लिइएको छ ।

ललितपुर महानगरसँग सम्झौता गरी स्वीस सरकारले आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण गरेको हो । महानगरका अनुसार यो पार्कको कुल निर्माण लागत दुई करोड २५ लाख रहेको छ । पार्कको क्षेत्रफल २ रोपनी चार आना रहेको छ । यो पार्क वडा नं. ५मा रहेको छ ।

पार्क उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चिरीबाबु महर्जनले स्वीजरल्याण्ड र नेपालका नागरिकबीचको सम्बन्धको प्रतीक भएको बताए । उनले भने, ‛नेपाल र स्वीजरल्याण्डबीच दौत्य सम्बन्ध स्थापित भएको ७० वर्षको अवसरमा स्वीस सरकारबाट पार्क बनाउने प्रस्ताव आयो, त्यसलाई हामीले स्वीकार ग-यौं, जुन ठाउँमा आज तपाई हामी छौं । ‍’

नचाहिने संरचनालाई हटाएर यहाँ पार्क बनाएको बताउँदै उनले भने, ‛ यो ठाउँ पहिला कस्तो थियो,तपाईंहरुलाई पनि थाहा छ, अहिले कस्तो भयो ।’ नगर प्रमुख महर्जनले यो पार्कलाई महानगर र महानगरबासीले आफ्ना सन्तानको स्याहार सुसार गरे झैं गरी स्याहार गर्ने बताउँदै नेपाल भ्रमण दोहोर्याएर गर्न स्वीस परिषद्का अध्यक्ष पियरे आन्द्रेर पेजको प्रतिनिधिमण्डललाई निम्ता दिए ।

उनले भने, ‛नेपाल एकपटक आएर पुग्दैन फेरि आउनुस् त्यतिबेला यहाँका अन्य पोखरीमा पनि पानी भरिभराउँ हुनेछन् , रातमा जुनकिरी आउनेछन् । ’ स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्दे्र पेजले ललितपुर महानगर र यहाँका नागरिकको न्यानो आतित्थ्यताको लागि धन्यवाद दिए ।

नेपालमा जस्तै स्वीजरल्याण्डमा पनि धेरै हिमाल भएको बताउँदै यो पार्कले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताए । नेपाल दोहोर्याएर आउन इच्छुक भएको बताउँदै पानीले भरिएको पोखरी हेर्न नेपाल आउने प्रतिबद्धता जनाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
लगनखेल चोकमा  बन्यो सार्वजनिक पार्क  ‘न्हु पुखु एभेन्यू’

लगनखेल चोकमा  बन्यो सार्वजनिक पार्क  ‘न्हु पुखु एभेन्यू’

काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‘न्हु पुखु एभेन्यू’ निर्माण गरेको छ । स्विस सरकारको आर्थिक र प्राविधिक सहयोग यो पार्क निर्माण भएको हो । उक्त पार्कको बिह...

#पार्क #न्हु #लगनखेल
Compare →
Ekantipur
1w ago
परदेशका पार्कमा भाइटीका, मनमनमा दाजुभाइ

परदेशका पार्कमा भाइटीका, मनमनमा दाजुभाइ

कतै साथीभाइ र सहकर्मीबीच सामूहिक रूपमा टीका लगाउने तयारी छ त कतै भिडियो कलबाटै दाजुभाइलाई टीका लगाउनुपर्ने बाध्यता।

#पार्क
Compare →
Nagarik News
21h ago
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ।

#पार्क
Compare →

Related Stories

National (Nepal)
Build #2611