Trending
Prev Story
Next Story

ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर, ललितपुर महानगरपालिका– १४ नखिपोट …

ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ

१२ कात्तिक, काठमाडौं । ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर, ललितपुर महानगरपालिका– १४ नखिपोट बस्ने ६० वर्षीय प्रेम नारायण खनाल रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग राम्रो चिनजानका आधारमा कृषि फार्मको लागि सहुलियत अनुदान सजिलै मिलाउन सकिन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न वहानामा पीडितहरूबाट पटक–पटक गरी जम्मा ५ करोड ८० लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

प्रहरीले डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ।

#ठगी #संलग्न
Compare →
Hamro Patro News
1w ago
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि काठमाडौंमा २६ स्थान तोकिए

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि काठमाडौंमा २६ स्थान तोकिए

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक...

#काठमाडौं-महानगर #महानगरपालिका
Compare →
Ekantipur
1w ago
चाडपर्वमा अनलाइन ठगी बढ्दो, डडेल्धुरामा चार महिनामै २७ उजुरी

चाडपर्वमा अनलाइन ठगी बढ्दो, डडेल्धुरामा चार महिनामै २७ उजुरी

सामाजिक सञ्जालमा सस्तो सामानको विज्ञापन, अनलाइन रोजगारी र चिट्ठाको प्रलोभनमा परी २० देखि ४० वर्षका नागरिक बढी प्रभावित भएका छन्।

#ठगी
Compare →
Arthasansar
1w ago
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

#ठगी
Compare →

Related Stories

National (Nepal)
Build #2612