Trending
Prev Story
Next Story

चाडपर्वमा अनलाइन ठगी बढ्दो, डडेल्धुरामा चार महिनामै २७ उजुरी

Ekantipur •
November 06, 2026 • 09:32 AM
1
1 reads 0 reactions

सामाजिक सञ्जालमा सस्तो सामानको विज्ञापन, अनलाइन रोजगारी र चिट्ठाको प्रलोभनमा परी २० देखि ४० वर्षका नागरिक बढी प्रभावित भएका छन्।

चाडपर्वमा अनलाइन ठगी बढ्दो, डडेल्धुरामा चार महिनामै २७ उजुरी

सामाजिक सञ्जालमा सस्तो सामानको विज्ञापन, अनलाइन रोजगारी र चिट्ठाको प्रलोभनमा परी २० देखि ४० वर्षका नागरिक बढी प्रभावित भएका छन्।

डडेल्धुरा — चाडपर्वको समयमा किनमेल र डिजिटल कारोबार बढेसँगै अनलाइन ठगीका घटना पनि बढ्न थालेका छन्। सामाजिक सञ्जालमा राखिएका आकर्षक विज्ञापन, सस्तो मूल्यमा सामान उपलब्ध गराउने प्रलोभन, अनलाइन रोजगारी र चिट्ठा परेको भन्दै रकम असुल्ने प्रवृत्तिबाट सर्वसाधारण ठगिने गरेका छन्। डडेल्धुरामा पछिल्लो समय अनलाइन ठगीका उजुरी बढ्दै गएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामै अनलाइन ठगीसम्बन्धी २७ वटा उजुरी परेका छन्। ती घटनामा करिब २५ लाख रुपैयाँ ठगी भएको छ। प्रहरीले प्राप्त निवेदनमध्ये १२ वटा उजुरी फर्छ्योट गरी पीडितको करिब १६ लाख रुपैयाँ फिर्ता गराइसकेको जनाएको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा पनि अनलाइन ठगीका ५६ वटा निवेदन प्रहरीमा परेका थिए। ती घटनामा २८ लाख रुपैयाँ ठगी भएकोमा प्रहरीले १९ लाख रुपैयाँ पीडितलाई फिर्ता गराएको थियो। पछिल्लो तथ्यांकले अनलाइन माध्यमबाट हुने ठगीको समस्या जिल्लामा बढ्दै गएको देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार अनलाइन ठगीमा विशेषगरी २० देखि ४० वर्ष उमेर समूहका मानिस बढी फस्ने गरेका छन्। सामाजिक सञ्जालमा देखिने विज्ञापनको विश्वास गरेर सामान खरिद गर्न रकम पठाउनेदेखि वैदेशिक रोजगारी र अनलाइन आम्दानीको प्रलोभनमा परेर सर्वसाधारण ठगिने गरेको उनले बताए। यस्ता घटना चाडपर्वका बेला बढी हुने गरेको प्रहरीको भनाइ छ ।

सामाजिक सञ्जालमा सस्तो मूल्यमा सामान दिने भन्दै विज्ञापन राख्ने, अग्रिम रकम पठाउन लगाउने र रकम प्राप्त भएपछि सम्पर्कविहीन हुने प्रवृत्ति देखिएको छ। त्यस्तै, अनलाइन रोजगारीका लागि आवेदन फाराम भर्दा शुल्क माग्ने, चिट्ठा परेको वा उपहार आएको भन्दै रकम असुल्ने तथा भन्सारमा कर तिर्नुपर्ने बहानामा पैसा पठाउन लगाएर ठगी गर्ने गरिएको प्रहरीको भनाइ छ। मोबाइलमा देखिने विभिन्न विज्ञापन र एपमार्फत समेत नागरिक ठगीमा पर्ने गरेका छन्।

चाडपर्वको समयमा नयाँ कपडा, खाद्यान्न तथा अन्य सामग्री खरिद गर्ने क्रम बढ्ने भएकाले अनलाइन कारोबारमा थप सावधानी अपनाउनुपर्ने उपभोक्ता तारा क्षेत्री बताउँछिन्। सामाजिक सञ्जालमा देखिने आकर्षक अफर र अत्यधिक छुटका विज्ञापन देख्नेबित्तिकै विश्वास गरेर रकम पठाउँदा ठगीमा पर्न सक्ने उनको भनाइ छ।

अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक तथा विश्वसनीय विक्रेता छनोट गर्न, विक्रेताको विवरण जाँच गर्न र रकम पठाउनुअघि कारोबारको विश्वसनीयता यकिन गर्नुपर्ने उपभोक्ता हेमा भट्ट बताउँछिन्। पछिल्लो समय अनलाइन कारोबारको प्रयोग बढिरहेको अवस्थामा उपभोक्ता आफैं पनि सचेत हुनुपर्ने उनको भनाइ छ।

प्रहरीका अनुसार ठगी गर्नेहरूले बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर फोन गर्ने र ओटीपी, पिन तथा पासवर्डजस्ता गोप्य विवरण माग्ने गरेका छन्। बैंक तथा वित्तीय संस्था र डिजिटल वालेटका आधिकारिक प्रतिनिधिले फोन गरेर यस्ता गोप्य विवरण नमाग्ने भएकाले कसैलाई पनि उपलब्ध गराउन नहुने प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सिंहले अनलाइनमा देखिने हरेक विज्ञापन र प्रस्तावलाई सत्य मानेर विश्वास नगर्न आग्रह गरे। अपरिचित व्यक्तिले पठाएका लिंक नखोल्न, व्यक्तिगत तथा बैंकिङ विवरण शंकास्पद वेबसाइटमा नराख्न र अनलाइनबाट सहजै आम्दानी हुने प्रलोभनमा नपर्न उनको सुझाव छ। कुनै प्रस्ताव वा सूचना वास्तविक हो कि होइन भन्ने यकिन गरेर मात्रै कारोबार गर्नुपर्ने उनले बताए।

चाडपर्वमा बजार किनमेलदेखि रकम पठाउने र प्राप्त गर्ने कामसमेत डिजिटल माध्यमबाट हुन थालेको छ। यस्तो अवस्थामा सामान्य असावधानीले समेत आर्थिक क्षति हुन सक्ने भएकाले अनलाइन कारोबार गर्दा विक्रेताको आधिकारिकता, विज्ञापनको विश्वसनीयता र भुक्तानीको माध्यमबारे जानकारी लिएर मात्रै कारोबार गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने

साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने

काठमाडौं । अनलाइन ठगी तथा साइबर अपराधका घटना तत्काल नियन्त्रण गरी पीडितलाई छिटो राहत उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याएको छ । गृह मन्त...

#ठगी #उजुरी
Compare →
Nagarik News
5d ago
अजयबाबुको आशंका- बालेन र कुमार बेनसँग दारु खाएकाहरूले उजुरी हालेका हुनसक्छन्

अजयबाबुको आशंका- बालेन र कुमार बेनसँग दारु खाएकाहरूले उजुरी हालेका हुनसक्छन्

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले प्रधानमन्त्री बालेन र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट रहेका व्यक्तिहरूले आफूविरुद्ध साइबर ब्युरोमा उजुरी हालेको आशंका गरेका छन्।

#उजुरी
Compare →
Onlinekhabar
1w ago
ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

२० कात्तिक, काठमाडौं । ८ वटा ठगी मुद्दाका नाइके सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गर्‍यो । सस्तो दरमा डलर साट्ने भन्दै ठगीको शृंखला चलाउँदै आएका तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी …

#ठगी
Compare →

Related Stories

Technology
Build #2611