काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‘न्हु पुखु एभेन्यू’ निर्माण गरेको छ । स्विस सरकारको आर्थिक र प्राविधिक सहयोग यो पार्क निर्माण भएको हो । उक्त पार्कको बिहीबार उद्घाटन भएको हो ।
पार्कको नगर प्रमुख चिरीबाबु महर्जन र स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्दे्र पेजले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । ‘न्हु पुखु एभेन्यू’ नाम दिइएको यस सार्वजनिक स्थललाई स्विट्जरल्याण्ड र नेपालबिचको अटुट मित्रताको प्रतीकको रूपमा लिइएको महानगरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )