Trending
Prev Story
Next Story

योगदानको सम्झना तथा सम्मानमा देवकोटा सांस्कृतिक साँझ

Nagarik News •
November 05, 2026 • 06:43 AM
1
1 reads 0 reactions

देवकाेटाले ‘मुनामदन’ मार्फत  मानवीय संवेदना, प्रेम, सामाजिक यथार्थ र मानवतावादी चेतना सशक्त रूपमा प्रस्तुत गरेका छन्।

योगदानको सम्झना तथा सम्मानमा देवकोटा सांस्कृतिक साँझ

नेपाली भाषासाहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसर पारेर दाङको घोराहीमा सांगीतिक साँझ आयोजना हुँदै छ।

राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा आउँदाे २० गते शुक्रबार घोराहीस्थित कौशी ब्याङ्क्वेटमा ‘महाकवि देवकोटा सांगीतिक साँझ’ आयोजना गर्न लागिएको हो। साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम पारिवारिक वातावरणमा सञ्चालन गरिने परिषद्का अध्यक्ष यम रेग्मीले बताए।

कार्यक्रममा देवकोटाका सिर्जनासँगै नेपाली साहित्य, संगीत र संस्कृतिसँग सम्बन्धित सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. गोविन्दाचार्य, डा. कृष्णराज डीसी, वरिष्ठ साहित्यकार नारायण नेपाल, गायक राजेन्द्र श्रेष्ठ, गोविन्द मधुर आचार्य, पिताम्बर रिजाल, अम्बिका रिजालका दमदार प्रस्तुति रहनेछ। साथै सो कार्यक्रममा साइग्रेस म्युजिकका भाइबहिनीहरूको पनि लक्ष्मीप्रसाद देवकोटाको बालकवितामा प्रस्तुति रहनेछ।

देवकोटाको साहित्यिक योगदानको स्मरण तथा सम्मान गर्दै उनका कालजयी सिर्जनालाई संगीतका माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रमको सांगीतिक संयोजन साई ग्रेस म्युजिक एन्ड इभेन्ट्सले गर्नेछ।

गुरुकुल एकेडेमी र गोरखा इन्टरनेसनल पब्लिक स्कुलले सह-संयोजन गर्ने कार्यक्रम छ।

विसं. १९६६ मा लक्ष्मीपूजामा काठमाडौंको डिल्लीबजारमा जन्मिएका देवकोटा नेपाली साहित्यका महाकवि हुन्। कविता, महाकाव्य, निबन्ध, कथा, नाटक र उपन्यास लगायत साहित्यका विभिन्न विधामा कलम चलाएका उनले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका छन्।

‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’ र ‘पागल’ उनका चर्चित सिर्जना हुन्। विशेषगरी देवकाेटाले  ‘मुनामदन’ मार्फत  मानवीय संवेदना, प्रेम, सामाजिक यथार्थ र मानवतावादी चेतना सशक्त रूपमा प्रस्तुत गरेका छन्। नेपाली साहित्यमा पुर्‍याएको अतुलनीय योगदानका कारण उनलाई महाकविका रूपमा सम्मान गरिन्छ।

प्रकाशित: १९ कार्तिक २०८३ १२:२८ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
महाकवि देवकोटाको जन्मजयन्तीमा दुई जना सम्मानित

महाकवि देवकोटाको जन्मजयन्तीमा दुई जना सम्मानित

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याललाई सम्मान गरिएको छ । नयाँब...

#देवकोटा #महाकवि #सम्मान
Compare →
Onlinekhabar
5d ago
लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

२२ कात्तिक, काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्‍को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् खपत बढेर उक्त परिमाणमा पुग्ने प्रक्षेपण गरेको …

#साँझ
Compare →
Bizshala
5d ago
लक्ष्मीपूजाको साँझ आफैंलाई गर्नुपर्ने एउटा प्रश्नः वर्षभरि कमाएको पैसा कति जोगियो ?

लक्ष्मीपूजाको साँझ आफैंलाई गर्नुपर्ने एउटा प्रश्नः वर्षभरि कमाएको पैसा कति जोगियो ?

काठमाण्डौ । आज साँझ घरका मूलढोकामा दियो बल्नेछन्। धन र समृद्धिकी देवी महालक्ष्मीको पूजा गर्न कतै नगद र गरगहना राखिनेछन्,...

#साँझ
Compare →
Ekantipur
5d ago
देवकोटा जयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

देवकोटा जयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

क्लब प्रांगणमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो ।

#सम्मान #देवकोटा
Compare →

Related Stories

Education & Youth
Build #2612