Trending
Prev Story
Next Story

नेपालका ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा: युनिसेफ

Ekantipur •
November 05, 2026 • 04:31 AM
1
1 reads 0 reactions

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले नेपालका करिब ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा रहेको बताएको छ ।

नेपालका ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा: युनिसेफ

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले नेपालका करिब ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा रहेको बताएको छ ।

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले नेपालका करिब ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा रहेको बताएको छ । युनिसेफले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र विपद्का कारण नेपालका लाखौं बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षामा गम्भीर असर परिरहेको देखिएको छ । प्रतिवेदनले नेपालका बालबालिका बढ्दो जलवायु संकटको प्रत्यक्ष जोखिममा रहेको औंल्याएको हो ।

प्रतिवेदनअनुसार नेपालका ७३ लाख बालबालिका खडेरी र ५७ लाख बालबालिका अत्यधिक गर्मीको जोखिममा छन् । त्यस्तै, २९ लाख बालबालिका वर्षाजन्य पहिरोको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । करिब २४ लाख बालबालिका एकैपटक विभिन्न उच्च तीव्रताका जलवायुजन्य विपद्को सामना गरिरहेको युनिसेफले जनाएको छ।

जलवायु संकटले खानेपानी, कृषि उत्पादन, पोषण र बालबालिकाको पठनपाठनमा समेत प्रतिकूल असर पारिरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार नेपालमा हाल ४७ दशमलव ५ प्रतिशत जनसंख्याको मात्र सुरक्षित खानेपानीमा पहुँच छ ।

युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाले जलवायु संकट क्रमशः बालअधिकार संकटका रूपमा परिणत हुँदै गएको बताएकी छन् । उनले जलवायु परिवर्तनमा बालबालिकाको योगदान नगण्य भए पनि यसको सबैभन्दा गम्भीर असर उनीहरुले भोगिरहेको बताएकी छन् ।

यसैबीच, युनिसेफले जलवायु नीति, बजेट, अनुकूलन योजना तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रममा बालबालिकाका आवश्यकता र अधिकारलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ।

युनिसेफले आगामी कोप–३१ जलवायु सम्मेलनको सन्दर्भमा बालबालिका तथा युवाको सहभागिता सुनिश्चित गर्दै जलवायु संकटसँग जुध्ने प्रयासमा उनीहरूलाई केन्द्रमा राख्न आग्रह गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
जलवायु संकटको रफ्तार तीव्र, हिमाली राष्ट्रको जोखिम थप गम्भीर : गुटेरस

जलवायु संकटको रफ्तार तीव्र, हिमाली राष्ट्रको जोखिम थप गम्भीर : गुटेरस

काठमाडौँ- हाम्रा हिमालय पर्वतश्रृंखलामा हिउँ पग्लिँदै छन्, बाढीपहिरो र अतिवृष्टिको जोखिम बढिरहेको छ, समुद्री सतह उक्लिरहेको छ। जलवायु परिवर्तनका कारण सिर्जित विपद् सामना गर्न विश्वले जति तयारी गरिर...

#जोखिम #वायु
Compare →
Onlinekhabar
18h ago
रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा–११ स्थित रोहिणीघाटमा नदी कटानका कारण शवदाहस्थल र नजिकै रहेको रोहिणी पुल उच्च जोखिममा परेका छन् । हरेक वर्ष वर्षायाममा आउने बाढीले नदी किनारको जमिन कटान गर्दै लगेपछि दशकौंदेखि दाहसंस्कार हुँदै …

#जोखिम
Compare →
Nagarik News
2d ago
अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन्।

#बालबालिका
Compare →

Related Stories

National (Nepal)
Build #2612