दानबहादुर कार्कीलाई हटाइएपछि सामाजिक सञ्जालमा २०५३ सालको खरेल प्रकरणबारे चर्चा बढेको छ र पुरानो राजनीतिक प्रसंग फेरि फर्किएको छ।
काठमाडौँ — रास्वपा नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएको घटनाले ३० वर्षअघिको यस्तै अर्को घटना सम्झाइदिएको छ । २०५३ चैतमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएका थिए ।