Trending
Prev Story
Next Story

मधेशमा कांग्रेसको सरकार बचाउन सभापति थापा सक्रिय

Ekantipur •
November 04, 2026 • 05:01 PM
1
1 reads 0 reactions

एमाले सरकारबाट हटेपछि कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री यादव ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्थामा छन् ।

मधेशमा कांग्रेसको सरकार बचाउन सभापति थापा सक्रिय

एमाले सरकारबाट हटेपछि कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री यादव ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्थामा छन् ।

जनकपुर — एमालेले समर्थन फिर्ता लिएपछि संकटमा परेको कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार जोगाउन कांग्रेस सभापति गगन थापा सक्रिय भएका छन् । उनले मंगलबार एमाले अध्यक्ष केपी ओलीलाई भक्तपुरको गुन्डुस्थित उनकै निवास पुगेर भेट गरेका छन् ।

एमाले सरकारबाट हटेपछि कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री यादव ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । एमालेले ३० असोजमा मधेश सरकारबाट आफ्ना चारै जना मन्त्रीलाई फिर्ता बोलाउँदै मुख्यमन्त्रीलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । त्यही कारण मुख्यमन्त्री यादवले २८ कात्तिकभित्र विश्वासको मत लिनुपर्नेछ ।

मधेश प्रदेशमा कांग्रेसले एमाले र नेकपासँग मिलेर सरकार बनाएको थियो । सरकारलाई समर्थन फिर्ता लिने क्रममा एमालेले १५ बुँदे समझदारी कार्यान्वयन नगरेको आरोप लगाएको थियो । नेकपाले भने वर्तमान सरकारलाई समर्थन गर्दै आएकाले एमाले अप्ठ्यारोमा परेको छ । पछिल्लो समय प्रदेश सरकारका लागि एमाले र नेकपाले गठबन्धन गरेका छन् । गण्डकी र मधेश प्रदेशमा भने कांग्रेसको नेतृत्वमा सरकार छ ।

यता विश्वासको मत लिने समय घर्किंदा मुख्यमन्त्री यादवले सरकार बचाउन केन्द्रसँग हारगुहार गरिरहेका छन् । कांग्रेस सभापति थापाले कार्यकाल सकिन एक वर्ष मात्रै बाँकी रहेका बेला मधेश प्रदेश सरकार परिवर्तनले राम्रो सन्देश नदिने भन्दै पुरानै समीकरणमा फर्कन ओलीसँग आग्रह गरेको स्रोतले जनाएको छ । ओलीले गठबन्धनमा रहेका नेकपा र आफ्नै दलभित्र छलफल गरेर निर्णय लिने बताएका छन् ।

कांग्रेसका मधेश प्रदेशका उपसभापति एवं प्रदेश सांसद वीरेन्द्र सिंहले विश्वासको मत लिने विषयमा कांग्रेसले सबै दलसित छलफल गरिरहेको जानकारी दिए । ‘तर, कुनै ठोस निष्कर्षमा पुगिसकेका छैनौं,’ उनले कान्तिपुरसित भने । सरकारबाट बाहिरिनुअघि एमालेले जसपा नेपाल, जनमत र नेकपासँग गठबन्धन गरेर मधेश प्रदेशमा अर्को सरकार बनाउने गृहकार्य गरेको थियो । तर, प्रदेशस्तरमा भएको त्यस गृहकार्यमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत सहमत भएनन् ।

जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादय (बारा), एमालेका संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) र जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवबीचको सल्लाहमा मधेश प्रदेशमा जसपा नेपालको नेतृत्वमा अर्को सरकार बनाउने सहमति भएको थियो । गत साता जनकपुर आएका जसपा नेपालका अध्यक्ष यादवले यस विषयमा प्रदेशस्तरमा छलफल गरेका थिए ।

पार्टी अध्यक्ष यादव दक्षिण कोरियामा रहेकाले मधेश प्रदेशमा सरकार बनाउने विषयमा प्रगति हुन नसकेको जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले बताए । ‘अध्यक्ष फर्किएपछि सरकारका विषयमा छलफल होला,’ उनले भने, ‘मधेश प्रदेशमा बन्ने अर्को सरकारमा जसपा नेपाल सहभागी हुने कुरा त छ तर कुन भूमिकामा रहने भन्नेमा छलफल हुन सकेको छैन ।’

कांग्रेससँग सरकारमै रहेको नेकपा भने यस मामिलामा मौन छ । गत सोमबार महोत्तरीको बर्दिबासमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहालले मधेशमासरकार गठनका विभिन्न विकल्पमाथि दलहरूबीच कुराकानी भइरहेको बताएका थिए । ‘मधेश प्रदेशमा स्थिर र प्रभावकारी सरकार बनाउन दलहरूबीच विभिन्न विकल्पमा छलफल भइरहेको छ,’ दाहालले भनेका थिए ।

प्रदेशसभाको यो कार्यकालमा सुरुमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव (बारा) को नेतृत्वमा सरकार बन्यो । तर सरकार १५ महिनामै ढल्यो । त्यसपछि जनमत पार्टीका सतिशकुमार सिंहले सरकारको नेतृत्व सम्हाले । जेन–जी आन्दोलनपछि पार्टीभित्रको विवादका कारण सिंहले राजीनामा दिए । त्यसपछि लोसपाका सांसद जितेन्द्र सोनल मुख्यमन्त्री बने । विश्वासको मत लिने क्रममा सोनलको सत्ता सारथि दल नेकपाका दुई सांसद रहबर अन्सारी र माला कर्णले विद्रोह गरे ।

त्यसपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका संसदीय दल नेता सरोजकुमार यादव (महोत्तरी) लाई मुख्यमन्त्रीमा नियुक्ति गरिन् र महोत्तरीको एक होटलमा झिसमिसेमा शपथ गराइन् । यो मामिला सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्चले एमाले नेतृत्वको सरकार गठनलाई असंवैधानिक भनेपछि सात दलले कांग्रेसको नेतृत्वमा सरकार बनाएका थिए । पछि सरकारमा सहभागी अन्य दलका मन्त्रीलाई मुख्यमन्त्री यादवले बर्खास्त गर्दै एमाले र नेकपासँग गठबन्धन गरेका थिए ।

मधेश प्रदेशसभामा पहिले एमाले २४ सांसदसहित सबैभन्दा ठूलो दल रहेकामा जसपा नेपाल र लोसपाको एकीकरणपछि २८ सांसदसहित जसपा नेपाल ठूलो दल बनेको छ । कांग्रेससँग २२ सांसद छन् । नेकपाका १५, जनमत पार्टीका १२, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ सांसद छन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मुख्यमन्त्री #यादव #मधेश
Compare →
Hamro Patro News
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही २८ कात्तिकमा प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीले...

#मुख्यमन्त्री #यादव #मधेश
Compare →
Nagarik News
12h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#कांग्रेस #मधेश
Compare →
Onlinekhabar
5h ago
मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले …

#मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2611