काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईए) ले नेपाल प्रिमियर लिग सिजन ३ मा खेलकुदको मध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याएका खेलाडीहरूका लागि सहजीकरण गरिदिन नेपाल क्रिकेट संघ (क्यान) लाई अनुरोध गरेको छ ।
बुधबार संघले क्यान महासचिव पारस खड्कालाई पत्र बुझाएको हो । संघले जारी सिजनमा खेलकुद क्षेत्रबाट राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याएका खेलाडीहरूका लागि प्रवेशलगायत प्रतियोगिता अवलोकन गर्ने सुरक्षित स्थानको व्यवस्थापन र सहजीकरण नभएको पाइएको उल्लेख गरेको छ । उक्त असुविधाका कारण खेलाडीहरूले योगदानको कदर नभएको महसुस गरेको संघले जनाएको छ ।
Read full story at source ( baahrakhari.com )