Trending
Prev Story
Next Story

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

Onlinekhabar •
November 04, 2026 • 10:31 AM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा …

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

१८ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ ।

शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन् ।

इलाममा २५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले वार्ता समिति गठन गरेको हो । स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । हाल उनी थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

डा. केसीले यसपटक चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित ६ बुँदे माग अघि सारेका छन् । उनले आवश्यक पूर्वाधार र जनशक्ति नपुगेको अवस्थामा कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
सरकारसँग ६ बुँदे सहमतिपछि गोविन्द केसीले तोडे अनशन

सरकारसँग ६ बुँदे सहमतिपछि गोविन्द केसीले तोडे अनशन

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीले सरकारसँग ६ बुँदे सहमति भएपछि अनशन तोडेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ...

#केसी #गोविन्द
Compare →
Nagarik News
6d ago
यस्ता छन् सरकार र डा. केसीबिच भएका सहमति

यस्ता छन् सरकार र डा. केसीबिच भएका सहमति

विभिन्न माग राखेर अनशनरत प्रा डा गोविन्द केसीसँग सरकारले छ बुँदे सहमति गरेको छ।

#केसी #गोविन्द
Compare →
Ekantipur
6d ago
गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

सरकारले चिकित्सा शिक्षा आयोगको निर्णय पुनरावलोकन गर्न पाँच सदस्यीय समिति बनाउने सहमति गरेपछि डा. गोविन्द केसीले सत्याग्रह अन्त्य गरेका छन्।

#केसी #चिकित्सा
Compare →
Bizshala
1w ago
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।केसीले...

#केसी
Compare →
Arthasansar
5d ago
नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

#गठन
Compare →

Related Stories

Politics & Governance
Build #2611