Trending
Prev Story
Next Story

सेयर बजारमा कारोबार बढ्यो, दुई पुनर्बीमामा आकर्षण

Onlinekhabar •
November 04, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । अघिल्लो दिन ६.६२ अंक बढेको सेयर बजार बुधबार जम्मा १.४० अंक बढेको छ । यो सामान्य वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन …

सेयर बजारमा कारोबार बढ्यो, दुई पुनर्बीमामा आकर्षण

१८ कात्तिक, काठमाडौं । अघिल्लो दिन ६.६२ अंक बढेको सेयर बजार बुधबार जम्मा १.४० अंक बढेको छ । यो सामान्य वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४३ करोडको भयो । आज ९८ कम्पनीको मूल्य बढ्यो भने १७१ को घट्यो । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढ्यो । यो समूहमा सूचीकृत दुई पुनर्बीमा कम्पनी नेपाल र हिमालयनको मूल्य उच्च दरले बढ्दा समूहमा प्रभाव देखिएको हो ।

सरकारी स्वामित्व धेरै रहेको नेपाल पुनर्बीमाले हकप्रद सेयर जारी गर्नेगरी मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै यो कम्पनीको मूल्य आज सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । सँगै अर्को हिमालयन रिले पनि हकप्रद जारी गरेर पूँजी बढाउने निश्चित भएपछि यो कम्पनीको मूल्य ११.४८ प्रतिशत बढ्यो ।

त्यस्तै अन्य समूहका अलवा व्यापार १.११, जीवन बीमा ०.१० प्रतिशत बढे । बैंकिङ ०.८२, विकास बैंक ०.४४, फाइनान्स ०.८२, होटल तथा पर्यटन ०.७४, जलविद्युत् ०.६८, लगानी ०.४५, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२० तथा निर्जीवन बीमा ०.१३ प्रतिशत घटे ।

दुई पुनर्बीमाका अलवा स्वेत गंगा हाइड्रोको ८.६५, घोराही सिमेन्टको ५, नेपाल रिपब्लिक मिडियाको ४.९७, मन्दाकिनी हाइड्रोको ४.४२ प्रतिशत मूल्य बढ्यो ।

शिखर पावरको मूल्य ३.७४, सीवाईसी लघुवित्तको ३.३४, चिरख्वा हाइड्रोपावरको ३.२६, जनउत्थान सामुदायिक लघुवित्तको ३.२० प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा स्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक क्रमशः अगाडि रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
11h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #बजारमा
Compare →
Bizshala
1w ago
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२...

#शेयर-बजार #अंक
Compare →
Arthasansar
1w ago
तिहार अघिको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, कारोबार ३ अर्बमा सिमित

तिहार अघिको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, कारोबार ३ अर्बमा सिमित

तिहार अघि र यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । शुक्रबार...

#शेयर-बजार #अंक
Compare →
Hamro Patro News
11h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक
Compare →
Nagarik News
5d ago
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

Business & Economy
Build #2611