Trending
Prev Story
Next Story

रिलिजअघि नै बक्स अफिसमा सुनामी ल्याउँदै ‘रामायण’, एड्भान्स बुकिङबाट १०० करोड नजिक

Onlinekhabar •
November 04, 2026 • 10:00 AM
1
1 reads 0 reactions

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण: पार्ट वन’ प्रदर्शनमा आउन अब एक दिन मात्र बाँकी छ । नोभेम्बर ५ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको यस फिल्मले रिलिजअघि नै भारतीय बक्स अफिसमा ठूलो हलचल मच्चाएको छ …

रिलिजअघि नै बक्स अफिसमा सुनामी ल्याउँदै ‘रामायण’, एड्भान्स बुकिङबाट १०० करोड नजिक

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण: पार्ट वन’ प्रदर्शनमा आउन अब एक दिन मात्र बाँकी छ । नोभेम्बर ५ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको यस फिल्मले रिलिजअघि नै भारतीय बक्स अफिसमा ठूलो हलचल मच्चाएको छ ।

फिल्मले भारतमा पहिलो पाँच दिनको एड्भान्स बुकिङबाट ९६.५६ करोड भारु ग्रस कलेक्सन गरेको छ । यससँगै फिल्म १०० करोड भारुको आँकडाको निकै नजिक पुगेको छ । यद्यपि, यसमा सिनेमाघरले दर्शकका लागि ब्लक गरेका सिटको मूल्य पनि समावेश छ । ती सिटको रकम हटाउँदा एड्भान्स बुकिङबाट भएको कमाइ ७७.३१ करोड भारु हुन्छ ।

ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार, नोभेम्बर ४ बिहान ७ बजेसम्म फिल्मका पहिलो पाँच दिनका लागि ८३ हजार ३२ शो उपलब्ध थिए । ती शोका लागि २५ लाख ६५ हजार टिकट बुकिङ भएको थियो । सिनेमाघरले ब्लक गरेका सिट हटाउँदा बुकिङ भएका टिकटको संख्या २० लाख ५७ हजार हुन्छ ।

फिल्मको एड्भान्स बुकिङ नोभेम्बर ५ देखि ९ सम्मका लागि खुला छ । प्रदर्शनअघि बुकिङको आँकडा अझै बढ्न सक्नेछ ।

फिल्मको एड्भान्स बुकिङमा प्रदर्शनको पहिलो दिन अर्थात् नोभेम्बर ५ सबैभन्दा अगाडि छ । पहिलो दिनका लागि ३९.३५ करोड भारुको ग्रस एड्भान्स बुकिङ भएको छ । ब्लक गरिएका सिटको रकम हटाउँदा यो आँकडा ३३.३४ करोड भारु हुन्छ  ।

दोस्रो दिन अर्थात् शुक्रबारका लागि १८.५३ करोड भारु, शनिबारका लागि १९.६८ करोड भारु र आइतबारका लागि १३.२३ करोड भारुको एड्भान्स बुकिङ भएको छ । सोमबारका लागि भने अहिलेसम्म ५.७८ करोड भारुको बुकिङ भएको छ ।

फिल्मको एड्भान्स बुकिङमा हिन्दी संस्करणको माग सबैभन्दा धेरै देखिएको छ । नोभेम्बर ८ अर्थात् आइतबारका लागि हिन्दी संस्करणबाट १४ हजार ३१० शोमार्फत १०.७८ करोड भारुको ग्रस एड्भान्स बुकिङ भएको छ । यो आइतबारको कुल एड्भान्स बुकिङको करिब ८२ प्रतिशत हो ।

त्यस्तै, तेलुगु संस्करणबाट १.३५ करोड भारु, कन्नड संस्करणबाट ९५.०६ लाख भारु, तमिल संस्करणबाट १४.२० लाख भारु र मलयालम संस्करणबाट ३७ हजार ८७० भारुको एड्भान्स बुकिङ भएको छ ।

‘रामायण’को ३डी संस्करणप्रति पनि दर्शकको आकर्षण देखिएको छ । आइतबारका लागि स्ट्यान्डर्ड ३डी शोबाट ७.१४ करोड भारुको एड्भान्स बुकिङ भएको छ । स्ट्यान्डर्ड २डी शोबाट भने ३.८२ करोड भारु आएको छ ।

त्यस्तै, आईम्याक्स, ४डीएक्स, डल्बी सिनेमा, स्क्रिन एक्स, एपिक र आईसजस्ता प्रिमियम फर्म्याटबाट कुल २.२२ करोड भारुको एड्भान्स बुकिङ भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
बक्स अफिसमा ‘गडजिला माइनस जिरो’ को तिव्रता

बक्स अफिसमा ‘गडजिला माइनस जिरो’ को तिव्रता

काठमाडौं– ताकासी यामाजाकी निर्देशित तथा तोहो स्टुडियोको बहुप्रतिक्षित फिल्म ‘गडजिला माइनस जिरो’ ले विश्व बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यस फिल्मले हलिउडका ठूला फिल्महरूलाई समेत पछि पार्दै उत्तर ...

#फिल्म #बक्स #अफिस
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#फिल्म #बक्स #अफिस
Compare →
Nagarik News
16h ago
‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

#फिल्म #प्रदर्शन #रामायण
Compare →
Ekantipur
1w ago
नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् ।

#फिल्म #रामायण
Compare →

Related Stories

World News
Build #2611