Trending
Prev Story
Next Story

एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

Nagarik News •
November 04, 2026 • 09:25 AM
1
1 reads 0 reactions

सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले कार्यालयमा छापा मार्दै मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई घुस रकम सहित नियन्त्रणमा लिएको हो।

सर्लाहीको लालबन्दी घर भएका तिमिल्सिनाले ईश्वरपुर नगरपालिका वडा नम्बर ६ बयलबास स्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको थियो।

अख्तियारको टोलीले घुस मागेअनुसारको रकम लिइरहेको अवस्थामा तिमल्सिनालाई नियन्त्रणमा लिएको छ।

सरकारी सेवा प्रवाहका क्रममा सेवाग्राहीसँग घुस माग्ने तथा अनियमितता गर्ने कर्मचारीमाथि अख्तियारले निगरानी र कारबाही तीव्र बनाउँदै आएको छ।

पक्राउ परेका तिमिल्सिना माथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको अख्तियार स्रोतले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १५:१० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको …

#घुस #नायब #सुब्बा
Compare →
Hamro Patro News
1w ago
मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ मोहीसम्बन्धी जग्गाको काम सहज बनाइदिने भन्दै सेवाग्राहीसँग रकम मागेका तिमिल्सिनालाई अख्तियार टोलीले एक लाख रुपैयाँसहित पक्राउ गरेको हो। कार्तिक १...

#नायब #सुब्बा #मालपोत
Compare →
Bizshala
1w ago
९ करोड ७२ लाखको गैरकानुनी सम्पत्ति आर्जन, मालपोतका नासुसहित ६ जनाविरुद्ध मुद्दा

९ करोड ७२ लाखको गैरकानुनी सम्पत्ति आर्जन, मालपोतका नासुसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय...

#मालपोत
Compare →

Related Stories

Business & Economy
Build #2611