Trending
Prev Story
Next Story

दोहोरियो ३० वर्षअघिको इतिहास : आईजीपी खरेललाई हटाउने वामदेवको त्यो निर्णय, कार्कीलाई हटाउने रास्वपा सरकारको यो निर्णय

Ekantipur •
November 04, 2026 • 09:31 AM
1
1 reads 0 reactions

रास्वपा नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएको घटनाले ३० वर्षअघिको यस्तै अर्को घटना सम्झाइदिएको छ । त्यतिबेला गृहमन्त्री भएको एक महिना नबित्दै वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएर आफूअनुकूलका महानिरीक्षक बनाएका थिए ।

दोहोरियो ३० वर्षअघिको इतिहास : आईजीपी खरेललाई हटाउने वामदेवको त्यो निर्णय, कार्कीलाई हटाउने रास्वपा सरकारको यो निर्णय

रास्वपा नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएको घटनाले ३० वर्षअघिको यस्तै अर्को घटना सम्झाइदिएको छ । त्यतिबेला गृहमन्त्री भएको एक महिना नबित्दै वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएर आफूअनुकूलका महानिरीक्षक बनाएका थिए ।

काठमाडौँ — रास्वपा नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएको घटनाले ३० वर्षअघिको यस्तै अर्को घटना सम्झाइदिएको छ । त्यतिबेला गृहमन्त्री भएको एक महिना नबित्दै वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएर आफूअनुकूलका महानिरीक्षक बनाएका थिए । गृहमन्त्री वामदेवले आईजीपी भएको ३६औँ दिनमा खरेललाई २०५३ चैत २१ मा महानिरीक्षकबाट हटाएर अनुसन्धान विभागको प्रमुख पदमा सरुवा गरेका थिए ।

आईजीपीलाई दरबन्दी नै नभएको स्थानमा सरुवा गरेको यो पहिलो घटना थियो । वामदेवले खरेललाई हटाएर तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानलाई प्रहरी महानिरीक्षक बनाएका थिए । अनुसन्धान विभागको प्रमुख गोविन्द थापालाई भने विशेष प्रहरीमा सरुवा गरिएको थियो । त्यतिबेला वामदेवको यो निर्णयको सर्वत्र विरोध भएको थियो ।

आफूलाई गैरकानुनी ढंगले आईजीपीबाट हटाएको दाबीसहित खरेलले सर्वोच्च अदालतमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए । तर उनले रिट दायर गरेको ८ महिना बित्दा पनि अदालतले निर्णय सुनाएको थिएन । सुनुवाइ गर्ने तर निर्णय नगर्ने भइरहेको थियो । गृहमन्त्री भएपछि गराइएको स्थानीय निर्वाचनमा राज्यको संयन्त्र प्रयोग गरेर विपक्षीलाई हराएको आरोप वामदेवमाथि लागेको थियो । विपक्षीले स्थानीय निर्वाचनका विषयमा छानबिन गर्नुपर्ने माग गरेका थिए ।

०५३ फागुनमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र वामदेव गृहमन्त्री भएको समयमा खरेललाई आईजीपीबाट पदमुक्त गरेर अन्यत्र सरुवा गरिएको थियो । तर ०५४ असोजमा चन्द सरकार ढलेर नेपाली कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनेका थिए । थापा मन्त्रिपरिषद्ले खरेललाई आईजीपीमा यथावत् राखेर प्रधानलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गरेको थियो । साथै मन्त्रिपरिषद्ले गोविन्दलाई साविक अनुसन्धान विभागको प्रमुख अधिकृतमा यथावत् राखेको थियो । विशेष सेवाका अधिकृतलाई निजामती सेवामा नियुक्त गर्दा लोकसेवा आयोगसँग परामर्श नलिएको, खरेललाई कानुनले तोकेको समयावधि पूरा नभई हठात् हटाई विशेष सेवाको प्रमुख अधिकृत पदमा नियुक्ति दिने निर्णय कानुनसम्मत नभएको, सरकारको निर्णयले प्रहरीमा अन्योल उत्पन्न गराएको लगायतका विषय उल्लेख गरेर खरेल र गोविन्दलाई पूर्वपदमा फर्काइएको थियो ।

सरकारले निर्णय गरेपछि खरेलले ०५४ मंसिर २६ मा प्रहरी प्रधान कार्यालयमा पद बहाली गर्दै प्रहरी संगठनमा स्वार्थसिद्ध गर्ने प्रवृत्तिको विकास गर्न नहुने बताएका थिए । उनले प्रहरी संगठनमा सेवा सुरु गरेपछि सोही संगठनमा रहेर निवृत्त हुन पाउनुपर्ने तर्क गरेका थिए । ‘यो प्रहरीको नैसर्गिक अधिकार हो,’ उनले भनेका थिए । उनले संगठनमा निम्न तहका प्रहरी कर्मचारीका लागि लक्षित गरेर प्रहरी कल्याण योजना बनाउनुपर्ने धारणा अघि सारेका थिए ।

०५४ असोजमा चन्द सरकार ढले र नेपाली कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनेका थिए । थापा मन्त्रिपरिषद्ले खरेललाई आईजीपीमा यथावत् राखेर प्रधानलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गरेको थियो ।

सरकारले निर्णय गरेपछि खरेलले ०५४ मंसिर २६ मा प्रहरी प्रधान कार्यालयमा पद बहाली गर्दै प्रहरी संगठनमा स्वार्थसिद्ध गर्ने प्रवृत्तिको विकास गर्न नहुने बताएका थिए । उनले प्रहरी संगठनमा सेवा सुरु गरेपछि सोही संगठनमा रहेर निवृत्त हुन पाउनुपर्ने तर्क गरेका थिए । ‘यो प्रहरीको नैसर्गिक अधिकार हो,’ उनले भनेका थिए । उनले संगठनमा निम्न तहका प्रहरी कर्मचारीका लागि लक्षित गरेर प्रहरी कल्याण योजना बनाउनुपर्ने धारणा अघि सारेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिटमा कात्तिक ३० गते पेसी तोकियो

आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिटमा कात्तिक ३० गते पेसी तोकियो

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा कात्तिक ३० गते सुनुवाइ हुने भएको छ ।

#कार्की #आईजीपी #हटाउने
Compare →
Onlinekhabar
1w ago
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार …

#महानिरीक्षक #कार्की
Compare →
Nagarik News
1w ago
दानबहादुर कार्कीको रिट दर्ता गर्ने कि नगर्ने भन्नेबारे आज छलफल हुँदै

दानबहादुर कार्कीको रिट दर्ता गर्ने कि नगर्ने भन्नेबारे आज छलफल हुँदै

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिटको टुंगो आज (शुक्रबार) छलफल हुने भएको छ।

#महानिरीक्षक #कार्की
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।...

#कार्की
Compare →
Bizshala
10h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#आईजीपी #कार्की
Compare →

Related Stories

Politics & Governance
Build #2611