पत्रैपत्र भएको सुन्दर सयपत्री फूलले नेपालीको महान् चाड तिहारमा विशेष महत्त्व राख्दछ । घर सजाउँदा होस् या चेलीले आफ्ना माइतीको गलामा पहिर्याउँदा, सयपत्रीको माला पहिलो रोजाइ बन्ने गरेको छ ।
त्यही सुन्दर ‘सयपत्री फूलको गाउँ’ भनेर भद्रपुर नगरपालिका–९ र १० को भृकुटी टोललाई चिनिन थालेको छ । यहाँका हरेक घरको आँगन र सडक किनारमा लहरै सयपत्री फूल फूलेका छन् । फूल फुलेर गाउँ नै सुन्दर देखिएको छ ।
Read full story at source ( barnanmedia.com )