गाउँमा तिहारको रौनक सुरु भइसकेको थियो । घरका आँगन रङ्गोलीले सजिएका थिए । ढोकामा सयपत्री र मखमली फूलका मालाहरू झुन्डिएका थिए । कतै दियो बालिँदै थियो, कतै लक्ष्मीपूजाको तयारी हुँदै थियो । सामाजिक सञ्जालमा गाउँघरका यिनै दृश्यहरू देखिन थालेका थिए । परिवारसँगै बसेर तिहार मनाइरहेका आफन्तका तस्बिर र भिडियोहरू आइरहेका थिए ।
यता जापानमा भने रातको सन्नाटा थियो । घडीले रातको एक बजेर पन्ध्र मिनेट गएको सङ्केत गरिरहेको थियो । कोठाभित्र म एक्लै थिएँ । न दियोको उज्यालो थियो, न फूलको सुगन्ध, न देउसीभैलोको आवाज । मोबाइलको स्क्रिनमा गाउँको उज्यालो देखिरहेको थिएँ, तर आफ्नै वरिपरि अँध्यारो महसुस गरिरहेको थिएँ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )