Trending
Prev Story
Next Story

किरात बायुङ राई सुम्निखिमको प्रस्तुतीमा “बायुङ राई” सलङ सार्वजनिक

Arthasansar •
October 18, 2026 • 02:08 PM
1
1 reads 0 reactions

किरात बायुङ राई सुम्निखिम(किबारासु)को प्रस्तुतिमा “बायुङ राई” सलङ(गीत)को स्टुडियो भिडियो सार्वजनिक भएको छ । बायुङ राईहरुको मौखिक परम्परामा आधारित अलिखित...

किरात बायुङ राई सुम्निखिमको प्रस्तुतीमा “बायुङ राई” सलङ सार्वजनिक

किरात बायुङ राई सुम्निखिम(किबारासु)को प्रस्तुतिमा “बायुङ राई” सलङ(गीत)को स्टुडियो भिडियो सार्वजनिक भएको छ । बायुङ राईहरुको मौखिक परम्परामा आधारित अलिखित तुम्लो(मुन्दुम) दर्शन, संस्कार, संस्कृति, तुम्लोयालो, भाषा तथा मौलिक जीवनशैलीको विविध पक्षहरुलाई समेटेर तयार पारिएको गीतको रचना बायुङ तुम्लो अध्येता किशोर बायुङ राईले गरेका हुन् ।

गीतमा लय संयोजन तथा संगीत किशोर स्वयं स्रष्टा किशोर बायुङ राईले नै गरेका छन् । गीत तयार पार्नको निम्ति आवश्यक महत्वपुर्ण पथप्रदर्शन र विशेष सांगितिक सहयोग संगीतकार, गायक तथा संगीत प्रशिक्षक मण्डल साम्पाङले गर्नुभएको छ । गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ योगेन मुकारुङले गरेका छन् । गीतको सार्वजनिक कार्यक्रममा करिब ५० जना बायुङ राईहरुको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता गीत निर्माण समितिको संयोजक प्रवेश बायुङ राई गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कि.बा.रा.सु.का उपाध्यक्ष प्रेम कुमारी बायुङ राईले राखेका थिए । गीतको तुम्लो(मुन्दुमी) दर्शन र पक्षहरुको बारेमा किशोर बायुङ राईले प्रस्तुति गरेका थिए । त्यसैगरी गीतको सार्वजनिक पछि मन्तव्यको क्रममा किबारासुका कानुनी सल्लाहकारले यो गीत बायुङ राईहरुको मौलिक पहिचानको निम्ति एउटा बलियो आधार र दस्तावेज रहेका बताए । कार्यक्रमका अतिथी एवं जिमी(राई) उत्थान समाजको केन्द्रिय अध्यक्ष यस बहादुर राई सुम्निखिमको यो कार्यलाई अति महत्वपुर्ण कदमको रुपमा व्याख्या गरे ।

“बायुङ राई” गीतले समग्र बायुङ राईहरुको मौलिकता, मुन्दुमी इतिहास, पहिचान, संस्कार संस्कृति तथा मौलिक जीवनशैलीको पक्षहरुलाई प्रभावकारीरुपमा पस्किएको कुरा कार्यक्रमका प्रमुख अतिथी एवं कि.बा.रा.सु.को केन्द्रिय अध्यक्ष ज्ञान बहादुर बायुङ राईले बताए । बायुङ राई समुदायको तथा वर्तमान नेपाली सिने जगतमा सुन्दर सम्भावनाका साथ अघि बढीरहनु भएको कलाकार अनुषा बायुङ राईले पनि यो गीतले बायुङ राईहरुको मौलिक संस्कार संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा लैजानको निम्ति ठूलो आधार रहेको कुरा बताए । संस्थाका सल्लाहकार महेश किरातीले यो गीतको स्टुडियो भिडियो सार्वजनिक भइसके पनि यसको अफिसियल भिडियो निर्माणको निम्ति आवश्यक आर्थिक सहायता प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

गीत सार्वजनिक कार्यक्रमको निम्ति महेश किराती, ज्योति बायुङ राई, अजय हाङ बायुङ राई तथा हाङ आर्टस्, नैनाकला राई, वास्तव कुमार राई, डोल्मा गुरुङ, नन्दराज राई, नरभक्त बायुङ राईले आर्थिक सहयोग गरेका थिए । प्रस्तुत गीतमा गायिकाहरु शान्ति बायुङ राई, रोकेमि बायुङ राई, सम्पदा थुलुङ राई, यमुना बायुङ राई र ज्ञान कुमारी बायुङ राई(प्रकृति) तथा गायकहरु दिनेश बायुङ राई, आइकुमार बायुङ राई, कर्ण बायुङ राई, रविन बायुङ राई र किशोर बायुङ राईको स्वर रहेको छ । क्यामेरामा प्रवेश बायुङ राई र प्रदीप बायुङ राई रहेका छन् भने एडिट डिजाइन प्रवेश बायुङ राई रहेको छ । गीत निर्मणको निम्ति व्यवस्थापन जीतेन बायुङ राई, प्रेम कुमारी बायुङ राई र शोभा थुलुङ–बायुङ राईको रहेको छ भने गीतको उत्पादन र निर्माण किरात बायुङ राई सुम्निखिमले गरेको हो । गीत किरात बायुङ राई सुम्निखिमको युटुब च्यानल “किरात बायुङ राई सुम्निखिम” बाट सार्वजनिक गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । ललितपुर जिल्ला अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरसम्बन्धी रिटमाथि ब...

#राई
Compare →
Nagarik News
2w ago
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसँग पाँच–पाँच लाख धरौटी माग

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसँग पाँच–पाँच लाख धरौटी माग

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट कुल ९३ लाख ९ सय रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरेको थियो।

#राई
Compare →
Onlinekhabar
16h ago
च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

काठमाडौँ उपत्यकामा मध्यकालको सभ्यता भव्य मन्दिर, कलात्मक टुँडाल र लालदरबारहरूमा स्पष्ट देखिन्छ। यहाँ त्योभन्दा अघिका लिच्छविकालीन मन्दिरहरू (चाँगुनारायण, पशुपति आदि) पनि छन्। इतिहासअनुसार, लिच्छविभन्दा अघि यहाँ किरातको शासन थियो। तर, उनीहरूद्वारा तयार गरिएका कुनै शिलालेख, …

#किरात
Compare →
Ekantipur
1w ago
भोटेकोशी बाढीको पूर्वसूचना चीनले पनि पाएन : परराष्ट्र सचिव राई

भोटेकोशी बाढीको पूर्वसूचना चीनले पनि पाएन : परराष्ट्र सचिव राई

राष्ट्रिय सभा समितिमा सचिव अमृतबहादुर राईले चिनियाँ पक्षले पनि सूचना नपाएकाले तत्काल नेपाललाई जानकारी दिन नसकेको बताएको जानकारी दिए ।

#राई
Compare →

Related Stories

Business & Economy
Build #2611