Trending
Prev Story
Next Story

दुई महिनामा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

Arthasansar •
September 20, 2026 • 11:46 AM
1
1 reads 0 reactions

चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको अवधिमा ११ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालु आवको...

दुई महिनामा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको अवधिमा ११ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालु आवको साउन र भदौ महिनामा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

उद्योग विभागले सार्वजनिक गरेको भदौ महिनाको मासिक प्रतिवेदन अनुसार यस अवधिमा कुल ३२८ वटा उद्योगमार्फत उक्त लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्यांक अनुसार प्रस्तावित यी उद्योगहरू सञ्चालनमा आउँदा कुल ३ हजार ४४७ जनाले प्रत्यक्ष रोजगारी सिर्जना हुने छ । गत आर्थिक वर्षको तुलनामा विदेशी लगानीकर्ताहरूको आकर्षण स्वचालित मार्ग तर्फ उल्लेख्य देखिएको छ । कुल ३२८ उद्योगमध्ये ३२२ वटा उद्योग स्वचालित मार्गबाट स्वीकृत भएका हुन्, जसबाट ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । बाँकी ६ वटा उद्योग परम्परागत स्वीकृत मार्ग बाट आएका हुन् । यसबाट१ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

रकमका पर्यटन र संख्यामा सूचना प्रविधि अघि

रकमका आधारमा विदेशी लगानीकर्ताहरूको पहिलो रोजाइ पर्यटन क्षेत्र बनेको छ भने उद्योग दर्ता संख्याका आधारमा सूचना प्रविधि (आईसीटी) क्षेत्रले बाजी मारेको छ । दुई महिनामा कुल प्रतिबद्धता रकममध्ये सबैभन्दा बढी ३४ प्रतिशत अर्थात् ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ पर्यटन मूलक क्षेत्रका ७० वटा उद्योगमा आएको छ । यस्तै, दोस्रो स्थानमा रहेको सेवामूलक क्षेत्रका २६ वटा उद्योगका लागि ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ (३० प्रतिशत) लगानी प्रतिबद्धता आएको छ ।

यसैगरी ऊर्जामूलक क्षेत्रको १ वटा परियोजनामार्फत २ अर्ब रुपैयाँ (१८ प्रतिशत), उत्पादनमूलक क्षेत्रका १८ वटा उद्योगमार्फत १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ (११ प्रतिशत) र कृषिमूलक क्षेत्रको १ उद्योगका लागि २ करोड रुपैयाँ प्रतिबद्धता आएको छ । संख्याको हिसाबले भने कुल स्वीकृत उद्योगमध्ये ६५ प्रतिशत अर्थात् २१२ वटा उद्योग सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका छन् । जसले ८१ करोड ६९ लाख १७ हजार रुपैयाँ (७ प्रतिशत) बराबरको लगानी भित्र्याउने प्रस्ताव गरेका छन् ।

भदौ महिनामा मात्रै ६ अर्ब ३५ करोडको प्रतिबद्धता

चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै विदेशी लगानीकर्ताहरूले १३६ वटा उद्योगमा ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यी उद्योगहरूबाट ९८३ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ। भदौमा स्वीकृत भएकामध्ये १३५ वटा उद्योग स्वचालित मार्गबाट र १ वटा उद्योग विभागको स्वीकृत मार्गमार्फत दर्ता भएका हुन् । यसबाहेक दुई महिनाको अवधिमा सेयर खरिद सम्झौता तथा सेयर सदस्यता सम्झौता मार्फत १२ वटा परियोजनामा थप ८२ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । जसमध्ये भदौ महिनामा मात्रै ५६ करोड ९२ लाख रुपैयाँ बराबरका ९ वटा सम्झौता स्वीकृत भएका छन् । यस्तै, प्रविधि हस्तान्तरण सम्झौता तर्फ भदौ महिनासम्म ८ वटा सम्झौता स्वीकृत भएका छन् । आकारका आधारमा विदेशी लगानीको वर्गीकरण हेर्दा साना उद्योगमै लगानीकर्ताहरूको अत्यधिक आकर्षण देखिएको छ। चालू आर्थिक वर्षको दुई महिनामा स्वीकृत कुल ३२८ उद्योगमध्ये ३२३ वटा साना उद्योग रहेका छन्। यस अवधिमा मझौला उद्योग २ वटा र ठूला उद्योग ३ वटा मात्र दर्ता भएका छन्। भदौ महिनामा दर्ता भएका कुल १३६ उद्योगमध्ये १३४ वटा साना र २ वटा ठूला उद्योग रहेका छन् भने मझौला उद्योग दर्ता शून्य रहेको छ ।

उद्योग विभागको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको दुई महिनामा विदेशी कम्पनीहरूले लाभांश, रोयल्टी र सेवा शुल्कबापत उल्लेख्य रकम फिर्ता लगेका छन् । यस अवधिमा रोयल्टीबापत ६२ करोड २० लाख १४ हजार नेपाली रुपैयाँ, ७ लाख ९१ हजार ७१७ अमेरिकी डलर र ३९ लाख ७३ हजार ७६६ भारतीय रुपैयाँ बाहिरिएको छ । यस्तै, विभिन्न सेवा शुल्कबापत २ करोड ३१ लाख नेपाली रुपैयाँ, २१ हजार ८३८ अमेरिकी डलर, १ करोड ९९ लाख भारतीय रुपैयाँ र ५७ लाख ३९ हजार अस्ट्रेलियन डलर फिर्ता लगिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
कोप-३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

कोप-३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन्।

#प्रतिबद्धता
Compare →
Onlinekhabar
1d ago
कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

२६ कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्। स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई …

#प्रतिबद्धता
Compare →
Hamro Patro News
3d ago
नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बता...

#प्रतिबद्धता
Compare →

Related Stories

Business & Economy
Build #2611