Trending
Prev Story
Next Story

भोटेकोशी बाढीको पूर्वसूचना चीनले पनि पाएन : परराष्ट्र सचिव राई

Ekantipur •
November 02, 2026 • 10:01 AM
1
1 reads 0 reactions

राष्ट्रिय सभा समितिमा सचिव अमृतबहादुर राईले चिनियाँ पक्षले पनि सूचना नपाएकाले तत्काल नेपाललाई जानकारी दिन नसकेको बताएको जानकारी दिए ।

भोटेकोशी बाढीको पूर्वसूचना चीनले पनि पाएन : परराष्ट्र सचिव राई

राष्ट्रिय सभा समितिमा सचिव अमृतबहादुर राईले चिनियाँ पक्षले पनि सूचना नपाएकाले तत्काल नेपाललाई जानकारी दिन नसकेको बताएको जानकारी दिए ।

काठमाडौं — परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत १० भदौमा आएको भोटेकोशी बाढीका बारेमा चीन सरकारले तत्काल सूचना नदिएको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन् ।

उनले यसबारेमा चिनियाँ पक्षलाई ध्यानाकर्षण गराएको पनि समितिलाई जानकारी गराए । चिनियाँ पक्षले आफैंले पनि जानकारी नपाएको कारण नेपाललाई जानकारी दिन नसकेको जवाफ दिएको उनको भनाइ छ । नेपालतर्फ घटना भएकाले पनि चीनलाई समेत बाढीको पूर्वसूचना नभएको हुनसक्ने उनले बताए । चिनियाँ पक्षले आफ्नै नागरिकलाई सूचना दिन नभ्याएको कारण धेरै जनधनको क्षति भएको जानकारी दिएको उनले बताए । बाढीको प्रकृति र घटनाको तीव्रताका कारण तत्काल सूचना आदानप्रदान हुन नसकेको उनको भनाइ छ । घटना भइसकेपछि त्यसबारे विभिन्न प्रश्न उठाउनु स्वाभाविक भए पनि त्यसबेला पूर्वसूचना दिने पर्याप्त समय नरहेको उनले बताए ।

उनले भने, ‘मलाई लाग्छ त्यो सूचना उहाँहरूले प्राप्त गरेर उहाँहरूकै नागरिकलाई पनि भन्न भ्याउनु भएको थिएन । चाइनिज साइडबाट हामीलाई भएको कुरा चाहीँ यही हो । उहाँहरूले नी त आफ्ना नागरिक बचाउनुहुन्थ्यो । अब भइसकेपछाडि यस्तो भएको भए भन्ने कुरा त बेग्लै हो । सूचना पाईसकेपछि तलको तटीय क्षेत्रमा हाम्रै प्रहरीहरूले पनि बाढी आउँदैछ भाग्नुस् भनेर माइकिङ गर्दै हिँड्या हो । तर त्यहाँको तटीय क्षेत्रमा बस्ने मान्छेहरूले त्यो पत्याउँदै पत्याउनुभएन । बाढी त सधैं आएको हो नि भनेर उहाँहरु भाग्नुभएन । त्यसैले ठ्याक्कै त्यो बेला त्यही दिन नै सूचना सेयर चाहिँ भएको होइन, त्यसरी हाम्रो संयन्त्र पनि थिएन । तर मलाई लाग्छ त्यो यदि उनीहरूसँग पहिले नै त्यो जानकारी भएको भए, उनीहरूले कम्तीमा आफ्नो हिस्सा त बचाउन सक्थे नि, त्यो पनि भएन नि त । त्यसबाट स्विप्ट गएर जम्मै एकैचोटि गरेको न हो ।’

उनले बाढीको जानकारी पाएपछि तल्लो तटीय क्षेत्रमा नेपाल प्रहरी परिचालन गरी माइकिङमार्फत स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएपनि कतिपयले अटेर गरेको बताए । नेपालको इतिहासमै यति ठूलो विनाशकारी प्राकृतिक विपद् विरलै भएको उल्लेख गर्दै उनले स्थानीयले पनि बाढीको भयावहता अनुमान गर्न नसकेको बताए । बाढी नियमित रूपमा आउने भएकाले यसपटकको बाढी पनि सामान्य हुन सक्ने ठानेर कतिपय स्थानीयले समयमै सुरक्षित स्थानमा जान ध्यान नदिएको उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
भारतीय राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता

भारतीय राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटका अवसरमा परराष्ट्रसचिव राईले राजदूत दलेललाई नेपालका ला...

#राई #परराष्ट्र #सचिव
Compare →
Onlinekhabar
1d ago
संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

२६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । टर्कीए अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटका …

#परराष्ट्र #सचिव
Compare →
Nagarik News
1d ago
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनाल र महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको हो।

#परराष्ट्र #सचिव
Compare →

Related Stories

Science & Climate
Build #2611