Trending
Prev Story
Next Story

एसजेभीएन नेतृत्वद्वारा अरुण ३ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

Ekantipur •
November 03, 2026 • 03:32 PM
1
1 reads 0 reactions

एसजेभीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ताको नेतृत्वमा निर्देशक (वित्त) पार्थजित दे र निर्देशक (आयोजना) राजेशकुमार चन्देलसहितको टोलीले मंगलबार संखुवासभा पुगेर आयोजनाको भौतिक प्रगति र प्राविधिक तत्परताबारे जानकारी लिएको हो ।

एसजेभीएन नेतृत्वद्वारा अरुण ३ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

एसजेभीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ताको नेतृत्वमा निर्देशक (वित्त) पार्थजित दे र निर्देशक (आयोजना) राजेशकुमार चन्देलसहितको टोलीले मंगलबार संखुवासभा पुगेर आयोजनाको भौतिक प्रगति र प्राविधिक तत्परताबारे जानकारी लिएको हो ।

काठमाडौँ — ९०० मेगावाटको अरुण ३ जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतको एसजेभीएन लिमिटेडको उच्चस्तरिय व्यवस्थापन टोलीले निर्माणाधीन जलविद्युत् आयोजनाहरूको स्थलगत निरीक्षण गरेको छ । एसजेभीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ताको नेतृत्वमा निर्देशक (वित्त) पार्थजित दे र निर्देशक (आयोजना) राजेशकुमार चन्देलसहितको टोलीले मंगलबार संखुवासभा पुगेर आयोजनाको भौतिक प्रगति र प्राविधिक तत्परताबारे जानकारी लिएको हो ।

टोलीले एसजेभीएनको अरुण-३ जलविद्युत् आयोजनाको बाँधस्थल तथा पावरहाउस लगायतका  निर्माण क्षेत्रको अवलोकन गरेका हुन् ।

त्यस्तै तल्लो तटीय क्षेत्रमा रहेको रहेको ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण कार्य औपचारिक रूपमा नोभेम्बर २०२६ देखि सुरु गर्ने लक्ष्य राखिएको एसजेभीएनले जनाएको छ । टोलीले तल्लो अरुण आयोजना स्थलको भ्रमण गरी निर्माण सुरु गर्नका लागि भइरहेका पूर्वतयारीबारे विस्तृत समीक्षा गरेको जनाएको छ ।

एसजेभीएनका अध्यक्ष गुप्ताले भौगोलिक रूपमा कठिन परिस्थितिमा पनि खटिएका प्राविधिक तथा कर्मचारीहरूको प्रशंसा गरे । 'अप्ठ्यारो भू-बनोटका बाबजुद इन्जिनियर र कर्मचारीहरूले देखाएको समर्पण सराहनीय छ । यी रणनीतिक आयोजनाहरू तोकिएको समयमै सम्पन्न गर्न सम्पूर्ण टोलीको प्रतिबद्धता निकै महत्त्वपूर्ण छ,' उनले भने ।

भ्रमणका क्रममा उच्च नेतृत्वले आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रतिनिधिहरूसँग छुट्टै समीक्षा बैठक पनि आयोजना गरेको थियो । तोकिएको समयसीमा र गुणस्तरका मापदण्डलाई कडाइका साथ पालना गर्न भन्दै प्रबन्ध निर्देशक गुप्ताले स्रोत-साधनको परिचालन बढाउन, निर्माण स्थलका समस्याहरू तत्काल समाधान गर्न र कामको गति तीव्र पार्न निर्देशन दिए ।

अरुण-३ र तल्लो अरुण दुवै आयोजनाहरू नेपाल र भारतबीचको द्विपक्षीय स्वच्छ ऊर्जा सहकार्यका मुख्य आधार हुन् । एसजेभीएनले यस क्षेत्रको ऊर्जा सुरक्षा र दिगो पूर्वाधार विकासका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याएको कम्पनीको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
6d ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#जलविद्युत् #आयोजना #अरुण
Compare →
Nagarik News
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो।

#जलविद्युत् #आयोजना
Compare →
Hamro Patro News
1w ago
बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडसम्म क्षति, एक महिनादेखि निर्माण ठप्प

बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडसम्म क्षति, एक महिनादेखि निर्माण ठप्प

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको काम भीषण बाढीले ठप्प भई करिब रु १८ देखि रु २० करोड क्षति पुगेको छ। आयोजना प्रमुखले बाढीले क्षतिग्रस्त सं...

#जलविद्युत् #आयोजना
Compare →
Arthasansar
1w ago
आँखुखोला जलविद्युतले दुधकोशी–२ आयोजनामा एक अर्बसम्म लगानी गर्ने

आँखुखोला जलविद्युतले दुधकोशी–२ आयोजनामा एक अर्बसम्म लगानी गर्ने

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा एक अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ।...

#जलविद्युत् #आयोजना
Compare →
Onlinekhabar
1w ago
पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा करिब साढे २ अर्ब खर्च

पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा करिब साढे २ अर्ब खर्च

१९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत आयोजनामा २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । विभागले पहिलो तीन महिनामा गरेको कुल खर्चमध्ये ८८ प्रतिशत …

#आयोजना
Compare →

Related Stories

World News
Build #2611