Trending
Prev Story
Next Story

अपि हिमालमा पर्यटन उत्सव सुरु

Ekantipur •
November 03, 2026 • 03:32 PM
1
1 reads 0 reactions

उत्सवको अवसरमा बुधबार धनगढी–११ र अपि–११ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ ।

अपि हिमालमा पर्यटन उत्सव सुरु

उत्सवको अवसरमा बुधबार धनगढी–११ र अपि–११ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ ।

काठमाडौँ — समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको अपि हिमाल आधार शिविरमा मंगलबारदेखि ३ दिने अपि हिमाल पर्यटन उत्सव सुरु भएको छ । अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द मैदानमा आयोजित उत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उद्‍घाटन गरेका हुन् ।

उत्सवको अवसरमा बुधबार धनगढी–११ र अपि–११ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ । उच्च हिमाली क्षेत्रमा क्रिकेट आयोजना गरेर अपि हिमालको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य छ ।

उद्‌घाटन अवसरमा मुख्यमन्त्री भट्टले पर्वतारोहण र पर्वतीय पदयात्रा सुदूरपश्चिमको पर्यटन विकासका मुख्य आधार बन्न सक्ने बताए । प्राकृतिक सौन्दर्य र हिमाली सम्पदाले भरिपूर्ण यस क्षेत्रको पर्यटन सम्भावना उपयोग गर्न पूर्वाधार विकास र प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ थियो ।

अपि हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले अपि हिमाल सुदूरपश्चिमकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बताए । यसको सम्भावनालाई थप व्यवस्थित र विस्तार गर्न संघ तथा प्रदेश सरकारको सहयोग र निजी क्षेत्रको लगानी आवश्यक रहेको उनले औंल्याए । ‘अपि हिमालको पर्यटन विकास र प्रचारप्रसारका लागि उत्सव आयोजना गरेका हौं । यहाँको सम्भावनालाई व्यवहारमा उतार्न सरकार र निजी क्षेत्रको सहकार्य जरुरी छ,’ उनले भने ।

७ हजार १३२ मिटर अग्लो अपि हिमालको काखमा रहेको आधार शिविर प्राकृतिक सौन्दर्य, हिमशृंखला, जैविक विविधता र साहसिक पदयात्राका लागि सम्भावनायुक्त गन्तव्य हो । अपि–नाम्पा संरक्षण क्षेत्रअन्तर्गत पर्ने यस क्षेत्रमा पिल्कन्द मैदान, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी गुफा, मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल तथा विशाल हिमाली पाटन पर्यटकीय आकर्षणका रूपमा रहेका छन् ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
14h ago
अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले यसअघि निर्णय भएको ३० प्रतिशत हकप्रद सेयर निष्कासन रद्द गर्ने र ५ प्रतिशत बोनस सेयर...

#अपि
Compare →
Nagarik News
1d ago
हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

परराष्ट्रमन्त्री शिशिर खनालले हिमालको संरक्षणलाई विश्वव्यापी जलवायु नीतिको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#हिमाल
Compare →
Hamro Patro News
1d ago
हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो : परराष्ट्रमन्त्री

हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो : परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्। तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्त...

#हिमाल
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#हिमाल
Compare →

Related Stories

Science & Climate
Build #2611