Trending
Prev Story
Next Story

कुमारी बैंकको क्रेडिट रेटिङ स्तरोन्नति, ऋणपत्रको रेटिङ पनि एक तह माथि

Bizshala •
November 03, 2026 • 03:04 PM
1
1 reads 0 reactions

काठमाडौं । कुमारी बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ ।इक्रा नेपाल लिमिटेडले बैंकको इश्युअर रेटिङ तथा...

कुमारी बैंकको क्रेडिट रेटिङ स्तरोन्नति, ऋणपत्रको रेटिङ पनि एक तह माथि

काठमाडौं । कुमारी बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ ।

इक्रा नेपाल लिमिटेडले बैंकको इश्युअर रेटिङ तथा सबअर्डिनेटेड डिबेञ्चरको रेटिङ दुवै स्तरोन्नति गरेको हो ।

इक्राले कुमारी बैंकको इश्युअर रेटिङ [ICRANP-IR] BB+ बाट [ICRANP-IR] BBB- मा स्तरोन्नति गरेको छ ।

यस्तै बैंकको ६ अर्ब रुपैयाँ बराबरको सबअर्डिनेटेड डिबेञ्चरको रेटिङ पनि [ICRANP] LBB+ बाट [ICRANP] LBBB- मा उक्लिएको छ ।

इक्राका अनुसार [ICRANP-IR] BBB- इश्युअर रेटिङ तथा [ICRANP] LBBB- डिबेञ्चर रेटिङ प्राप्त गर्ने संस्था तथा उपकरणलाई वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले मध्यम स्तरको सुरक्षित मानिन्छ । यस्ता संस्था तथा उपकरणमा मध्यम क्रेडिट जोखिम रहने इक्राले जनाएको छ ।

रेटिङ स्तरोन्नतिले बैंकको समग्र क्रेडिट प्रोफाइलमा सुधार भएको संकेत गर्छ । विशेषगरी इश्युअर रेटिङ एक तह माथि उक्लिनुले बैंकको सामान्य ऋणयोग्यता अघिल्लो मूल्यांकनको तुलनामा सुधारिएको देखाउँछ ।

यद्यपि इक्राले इश्युअर रेटिङलाई बैंकको समग्र क्रेडिटवर्थिनेससम्बन्धी राय मात्र भएको स्पष्ट पारेको छ । यो कुनै निश्चित ऋणपत्र वा धितोपत्र खरिदबिक्रीका लागि सिफारिस नभएको पनि इक्राले जनाएको छ ।

त्यस्तै डिबेञ्चर रेटिङलाई पनि कुनै धितोपत्र खरिद, बिक्री वा होल्ड गर्न गरिएको सिफारिसका रूपमा नबुझ्न इक्राले आग्रह गरेको छ । यो कम्पनीको धितोपत्रको बजार मूल्य वा मूल्यांकनसम्बन्धी टिप्पणीसमेत नभएको स्पष्ट गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Ekantipur
1w ago
नेपाल लाइफको रेटिङ ‘डबल ए’मा स्तरोन्नति

नेपाल लाइफको रेटिङ ‘डबल ए’मा स्तरोन्नति

नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको रेटिङमा ‘एए’ माइनसबाट ‘एए’ मा स्तरोन्नति भएको छ।

#रेटिङ #स्तरोन्नति #इक्रा
Compare →
Hamro Patro News
1w ago
नेपाल लाइफको रेटिङ डबल एमा स्तरोन्नति

नेपाल लाइफको रेटिङ डबल एमा स्तरोन्नति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालले प्रदान गर्दै आएको इश्युअर रेटिङ डबल ए माइनस (AA−) बाट स्तरोन्नति गरी डबल ए (AA) कायम गरेको छ । कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी...

#रेटिङ #स्तरोन्नति #इक्रा
Compare →
Arthasansar
1w ago
कुमारी बैंकको नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा कति ?

कुमारी बैंकको नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा कति ?

कुमारी बैंक लिमिटेडले नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण...

#कुमारी #राष्ट्र-बैंक
Compare →
Onlinekhabar
1w ago
‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

गत असारमा आएको भोटेकोशी बाढीका कारण मुलुकले ठूलो मानवीय क्षति बेहोर्‍यो । यसको असर जीवन बीमा कम्पनीहरूसहित पुनर्बीमामा पनि पर्नेछ । यिनै सन्दर्भ जोड्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ प्रविणरमण पराजुलीसँग अनलाइनखबरका लागि कमल नेपालले …

#रेटिङ #राष्ट्र-बैंक
Compare →
Setopati
2w ago
मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि एलडिसी स्तरोन्नति भएन, नेपालले दोस्रोपटक पायो समय

मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि एलडिसी स्तरोन्नति भएन, नेपालले दोस्रोपटक पायो समय

अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुन आवश्यक मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि नेपालले सूचीबाट बाहिरिन सकेको छैन। स्तरोन्नतिको तयारी पूरा नभएको भन्दै नेपालले दोस्रोपटक थप समय पाएको छ।

#स्तरोन्नति
Compare →
Nagarik News
2w ago
पाटनको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका प्रदान

पाटनको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका प्रदान

ललितपुरको ऐतिहासिक पाटन दरबारको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका र जमारा प्रदान गरिएको छ ।

#कुमारी
Compare →

Related Stories

Business & Economy
Build #2611