Trending
Prev Story
Next Story

पुँजी बजारकाे गिरावटले निराश लगानीकर्ता, वैकल्पीक आम्दानीको स्रोत खोज्दै

Arthasansar •
October 09, 2026 • 05:51 PM
1
1 reads 0 reactions

पछिल्लो समय सेयर बजार लगातार रुपमा घटी रहेको छ । स्थिर सरकार आए पछि बजार बढ्ने आंकलन गरिएको थियो ।...

पुँजी बजारकाे गिरावटले निराश लगानीकर्ता, वैकल्पीक आम्दानीको स्रोत खोज्दै

पछिल्लो समय सेयर बजार लगातार रुपमा घटी रहेको छ । स्थिर सरकार आए पछि बजार बढ्ने आंकलन गरिएको थियो । तर, अवस्था त्यसको ठ्याक्कै उल्टो भयो । सेयर बजारका लगानीकर्ता अहिले निराश अवस्थामा रहेका छन् ।

निराशा यतिसम्म बढेको छ कि केही समय अघिसम्म पूर्ण कालिन रुपमा सेयर बजारमा नै लागेका लगानीकर्ताहरु अहिले विकल्पको खोजिमा लाग्न थालेका छन् । पुँजी बजारबारको गिरावटले उनीहरुले पेशा नै परिवर्तन गरिहालेको अवस्था त छैन । तर, पुँजी बजारको विकल्पका रुपमा अरु पेशा पनि रोजि रहेका छन् । यस्तै एक लगानीकर्ता हुन मछिन्द्र बस्नेत । उनी केही समय अघिसम्म सेयर बजारमा नै सम्भावना देखेर पूर्ण कालिन लगानीकर्ताका रुपमा लागि रहेका थिए । तर, अहिले सेयर बजारको बिकल्पका रुपमा अन्य पेशा समेत गर्न थालेका छन् । उनी पूर्ण रुपमा सेयर बजारमा मात्रै आश्रित भएर सफलता हासिल गर्न नसकिने बताउँछन् । ‘सेयर बजारमा पूर्णकालीन रुपमा लागेर सफलता हासिल गर्न सकिदैन । त्यसको विकल्प खोज्नु पर्छ,’ उनले भने ।

उनी अहिले बीमा क्षेत्र र पर्यटन क्षेत्रमा प्रवेश गरिसकेका छन् । आम्दानीको स्रोतका लागि अन्य क्षेत्र रोज्नु परेहेको उनी सुनाउँछन् । उनी अहिले सिटिजन्स लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताका रुपमा आबद्ध छन् । त्यस्तै डिएम होराइजन टुर्स एण्ड ट्राभल्स प्रा.लि बाट हुने पर्यटन क्षेत्रमा पनि आफ्नो सहभागिता जनाएका छन् । डिएम होराइजनले देश तथा विदेशको यात्रा, हवाइ टिकट बुकिङ, पारिवारिक भ्रमणका लागि आवश्यक सवारीको व्यवस्था समेत गर्ने गरेको उनी बताउँछन् । केही अघिसम्म सेयर बजारमा मात्रै केन्द्रीत रहेका उनी अहिले अन्य व्यवसाय तर्फ पनि आकर्षित भनेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सेयरको मूल्य कसको हातमा हुन्छ ? नेप्से, ब्रोकर कि ठूला लगानीकर्ता ?

सेयरको मूल्य कसको हातमा हुन्छ ? नेप्से, ब्रोकर कि ठूला लगानीकर्ता ?

काठमाडौं- सेयर बजारमा लगानी गर्ने धेरैको जिज्ञासा हुन्छ– कुनै कम्पनीको सेयरको मूल्य एकाएक किन बढ्छ ? किन घट्छ ? के नेप्से, ब्रोकर कम्पनी वा ठूला लगानीकर्ताले आफूखुसी सेयरको भाउ घटाउने र बढाउने गर्छ...

#शेयर-बजार #लगानीकर्ता
Compare →
Ekantipur
6h ago
चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

प्लेअफ पुग्ने झिनो आशालाई जिवितै राख्न जित्नै पर्ने खेलमा जनकपुरले फितलो ब्याटिङ गरेको हो । चितवनलाई प्ले अफमा पुग्न बाँकी रहेको दुबै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

#रहे #निराश
Compare →
Nagarik News
14h ago
युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

उनीहरूबीच नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो।

#लगानीकर्ता
Compare →
Onlinekhabar
1d ago
यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

२६ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निवर्तमान अध्यक्ष तथा आईएमई समूह अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । यूएईको रास अल खैमाहमा …

#लगानीकर्ता
Compare →

Related Stories

Business & Economy
Build #2611