Trending
Prev Story
Next Story

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

Arthasansar •
September 30, 2026 • 02:40 PM
1
1 reads 0 reactions

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । संस्थाले खुला प्रतियोगितामार्फत...

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । संस्थाले खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

संस्थाका अनुसार उक्त पदका लागि स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरी लघुवित्त वा बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । त्यस्तै, स्नातक तह वा सोसरह उत्तीर्ण गरेका उम्मेदवारको हकमा व्यवस्थापकीय तहमा कम्तीमा सात वर्षको कार्य अनुभव आवश्यक पर्नेछ ।

अर्थशास्त्र वा व्यवस्थापन विषयमा उपाधि हासिल गरेका तथा चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ । दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक उम्मेदवारले आगामी कार्तिक १३ गतेसम्म इमेलमार्फत आवेदन दिन सक्नेछन् । आवेदन [email protected] मा पठाउनुपर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
दोस्रो प्रेम सम्बन्धको आरोपपछि 'एन्भिडिआ'का प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङले दिए पदबाट राजीनामा

दोस्रो प्रेम सम्बन्धको आरोपपछि 'एन्भिडिआ'का प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङले दिए पदबाट राजीनामा

चीनका लागि जासुसी गरेको आरोप लागेकी एक जना महिलासँगको प्रेम सम्बन्धका कारण विवादमा तानिएका प्रविधि कम्पनी एन्भिडिआका प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङले पदबाट राजीनामा दिएका छन्। एआई चिप बनाउने व...

#कार्यकारी #अधिकृत
Compare →
Ekantipur
1w ago
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

#कार्यकारी #अधिकृत
Compare →
Bizshala
9h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#लघुवित्त
Compare →
Onlinekhabar
1w ago
इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

२० कात्तिक, काठमाडौं । इलामको कन्याममा आगामी मंसिर ५ र ६ गते प्रथम सूर्योदय चिया महोत्सव–२०८३ आयोजना हुने भएको छ । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) को साझेदारीमा महोत्सव …

#सूर्योदय
Compare →

Related Stories

Business & Economy
Build #2611