Trending
Prev Story
Next Story

आज विजयादशमी : टिका लगाइ माग्ने र लगाउने कुन कुन दिशा फर्किने ?

Arthasansar •
October 21, 2026 • 07:14 AM
1
1 reads 0 reactions

नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो...

आज विजयादशमी : टिका लगाइ माग्ने र लगाउने कुन कुन दिशा फर्किने ?

नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटको शुभ साइतमा विधिपूर्वक देवी विसर्जन गरिन्छ । त्यसैगरी, टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा रहेको छ । टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ ।

घटस्थापनादेखि विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका मूल मानिस तथा ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिने गरिन्छ । यस अवसरमा बन्धु–बान्धवहरूका साथ बसेर भगवतीको प्रसाद ग्रहण गर्ने परम्परा छ । दसैँको टीकाले टाढा–टाढा रहेका परिवारका सदस्यहरूलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । यस पर्वले परिवारका सदस्यहरूबिच आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्नुका साथै आफन्त, छिमेकी र सिङ्गो समुदायबिच समेत भाइचाराको भावना बलियो बनाउँछ ।

विजयादशमीको धार्मिक तथा पौराणिक पक्षलाई मार्कण्डेय पुराणअन्तर्गत ‘देवीमाहात्म्य’ मा विशेष रूपमा वर्णन गरिएको छ । जसमा चण्डीपाठ, देवीको महिमा, दानवी शक्तिविरुद्धको सङ्घर्ष र धर्मको रक्षासम्बन्धी प्रसङ्ग तथा देवी दुर्गाको विजयको स्मरण गरिएको छ । नवरात्रभर गरिएको धार्मिक साधनाको समापन गर्दै ज्येष्ठ सदस्यहरूसँग टीका र जमरा लगाई आशीर्वाद लिने परम्परा यसैमा आधारित छ । धार्मिक मान्यताअनुसार, विजयादशमीलाई देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् श्रीरामले रावणमाथि विजय हासिल गरेको दिनका रूपमा मनाइन्छ। त्यसैले दसैँको टीका लगाउँदा जीवनमा सधैँ सत्य, धर्म र सदाचारको विजय होस् भन्ने धार्मिक भावना जोडिएको हुन्छ ।

दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ । यस दिन जलले अभिषेक गरी भगवतीलाई चढाइएको रातो तथा सेतो वस्त्रलाई प्रसादको रूपमा घाँटीमा लगाउने परम्परा समेत रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
गुल्मी कारागारमा कैदीबन्दीलाई भाइटीका लगाइदिँदै सांसद

गुल्मी कारागारमा कैदीबन्दीलाई भाइटीका लगाइदिँदै सांसद

गुल्मी कारागारमा भाइटीकाको दिन कैदीबन्दीहरूलाई टीका लगाइदिएर तिहारको खुसी साट्दै राष्ट्रियसभा सदस्य विष्णु कुमारी सापकोटा। तस्बिर : रासस

#टीका #लगाइ
Compare →
Ekantipur
2d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#टीका #लगाउने
Compare →
Nagarik News
3d ago
भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल संघ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ ।

#टिका #लगाइ
Compare →

Related Stories

National (Nepal)
Build #2611