Trending
Prev Story
Next Story

डलर, युरो र पाउण्डको मूल्य सस्तीयो, कुन देशको विनिमयदर कति ?

Arthasansar •
October 20, 2026 • 07:16 AM
1
1 reads 0 reactions

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर...

डलर, युरो र पाउण्डको मूल्य सस्तीयो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा रहेको थियो ।

त्यस्तै आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९० पैसा र बिक्रीदर १७० रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरो एकको खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा रहेको थियो । त्यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर २०२ रुपैयाँ १२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९२ पैस रहेको थियो ।

त्यस्तै आज स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७० पैसा र बिक्रीदर १८४ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४ रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४० पैसा र बिक्रीदर ११ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २९ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ १८ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ४६ पैसा बिक्रीदर ४०३ रुपैयाँ ०५ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २९ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ–्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
विदेशी रकमको विनिमय दर घट्यो कि बढ्यो ?

विदेशी रकमको विनिमय दर घट्यो कि बढ्यो ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।...

#पैसा #एकको #खरिददर
Compare →
Bizshala
1d ago
अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।जसअनुसार अघिल्लो दिनको तुलनामा...

#पैसा #खरिददर #बिक्रीदर
Compare →
Ekantipur
1d ago
२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#कुन #कति
Compare →

Related Stories

Business & Economy
Build #2611