पोखरा । तिहारमा सप्तरंगी टीका लगाएर नेपाली मात्रै रमाएनन् । पोखरामा विदेशी पर्यटक पनि रमाए । होटेल संघ पोखराले आयोजना गरेको १९औँ भाइटिका महोत्सवमा विभिन्न देशका पर्यटकहरू सप्तरंगी टीका निधारमा लगाउँदा दंग परे ।
संघको आयोजनामा भएको महोत्सवमा विदेशी पर्यटकहरू सहभागी भएका थिए । पोखराको लेकसाइडमा भएको कार्यक्रममा रेन्वो चिल्ड्रन होमका बालिकाहरूले टीका, माला, ढाका टोपी लगाइदिँदा पर्यटकहरू दंग परे ।
Read full story at source ( baahrakhari.com )