Trending
Prev Story
Next Story

गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Arthasansar •
October 13, 2026 • 08:07 AM
1
1 reads 0 reactions

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश प्राप्त गर्न आज असोज २७ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ता योग्य हुनेछन्। संस्थाले...

गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश प्राप्त गर्न आज असोज २७ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ता योग्य हुनेछन्। संस्थाले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यससँगै आजसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै वार्षिक साधारणसभामा सहभागी हुने अधिकार पाउनेछन्। बुक क्लोजपछि सेयर खरिद गर्ने लगानीकर्ताले भने यसपटकको प्रस्तावित लाभांश पाउने छैनन्।

संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश रहेको छ।

उक्त लाभांश प्रस्ताव पारित गर्न संस्थाले कात्तिक १० गते आफ्नो ११औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा धनकुटा नगरपालिकाको हिलेस्थित कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

सभाले प्रस्तावित बोनस सेयर वितरणपछि वृद्धि हुने जारी तथा चुक्तापुँजीअनुसार संस्थाको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन वा सुझाव आएमा सोहीअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ।

यसका अतिरिक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#लाभांश #प्राप्त
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#लाभांश
Compare →
Onlinekhabar
5d ago
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई …

#लाभांश
Compare →
Hamro Patro News
5d ago
संयुक्त ऊर्जाले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने, आईपीओ पनि निष्कासन गर्ने

संयुक्त ऊर्जाले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने, आईपीओ पनि निष्कासन गर्ने

काठमाडौं । गैरआवासीय नेपालीहरूको मुख्य लगानी रहेको संयुक्त ऊर्जा लिमिटेडले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको उक्त...

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2611