नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २२ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला चा हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।